Uncategorized

जनताको विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष राेकाया

जनताको विश्वासलाई टुट्न दिनेछैन वडा अध्यक्ष राेकाया

१६ कात्तिक, काठमाडाैँ ।  श्री बडीमालिका र बुढीनन्दा भगवती जस्ता धार्मिक धरोहर, सांस्कृतिक गौरव एंव छेडेदह, नाटेश्वरी जस्ता मनोरम प्राकृतिक सुन्दरताले भरिएको र पर्यटकिय क्षेत्र खप्तड राष्टिय निकुंज सन्निकट रहेको, कर्णाली बुडीगंगा जस्ता नदी तथा खोलानालाको अघाद जलधीका साथै विविध प्रकारका जडीबुटीयुक्त प्राकृतिक सुन्दरताले भरिपुर्ण सुन्दर सुदुर पश्चिमको हिमाली जिल्ला बाजुराको सदरमुकाम रहेको साविक मार्तडी गाविस, जुगाडा र बुडीगंगा गाविस समेतलाई समेटी नेपाल सरकार मन्त्री परिषदको मिति २०७१ साल मंसिर १६ गतेको निर्णय अनुसार नगरपालिका घोषणा भएको बाजुरा जिल्लाको जेठो नगरपालिका हो । प्रदेश बाजुरा  जिल्लामा अवस्थित बडीमालिका नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष अर्जुन नाथले स्थानीय तहको निर्वाचनमा…
Read More
एमालेको चियापनमा प्रधानमन्त्री दाहाल र सभापति देउवा सहभागी

एमालेको चियापनमा प्रधानमन्त्री दाहाल र सभापति देउवा सहभागी

१५ कात्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट नेपालीहरूको चाडपर्वका अवसरमा आज आयोजना गरिएको चियापनमा सहभागी हुनुभएको छ । सो पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा जारी चियापानमा पुग्नुभएका प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल र पूर्व प्रधानमन्त्री देउवालाई एमालेका अध्यक्ष ओलीलगायत नेताहरुले स्वागत गर्नुभएको थियो । यस्तै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, नेकपा (एकीकृत समावजवादी) का सम्माननित नेता झलनाथ खनाल, माओवादीका उपमहासचिव जनार्दन शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा सिका महासचिव नेत्रविक्रम चन्दलगायत विभिन्न पार्टीका नेता, कार्यकर्ता, समाजका विभिन्न क्षेत्रका प्रतिनिधि चियापनमा सहभागी हुनुभएको छ…
Read More
५ वर्षकाे कार्यकालमा ८० प्रतिशत याेजनाहरू सम्पन्न गर्ने छु : वडा अध्यक्ष सिंह

५ वर्षकाे कार्यकालमा ८० प्रतिशत याेजनाहरू सम्पन्न गर्ने छु : वडा अध्यक्ष सिंह

१४ कात्तिक,काठमाडाैँ । कुशे गाउँपालिकाको विकास, समृद्धि र सुशासनका लागि नागरिकको सहयोग र सहभागिता अपरिहार्य हुन्छ । सेवा प्रवाह र विकास निर्माणका काममा यहाँको सल्लाहसुझाव र सहयोगको अपेक्षा गरिएको छ । कुशे गाउँपालिका कर्णाली प्रदेश अन्तर्गत पर्ने पहाडी जिल्ला जाजरकोटको साविकको निर्वाचन क्षेत्र नं. १ का ढिमे र पैंक तथा क्षेत्र नं. २ का साविकका पजारू, टालेगाउँ र अर्छानीलाइ सम्मिलन गरी बनाइएको एक स्थानीय तह हो। समुन्द्री सतहबाट १ हजार ७५ मिटर उचाइवाट सुरु भएको यो गाउँपालिका सवैभन्दा उचाइमा रहेको कुशे गाउँपालिका अन्तर्गत पर्ने कुशे पाटन ४ हजार ३ सय ८८ मिटर उचाइमा रहेको छ । कुशे पाटन गाउँपालिकामा पर्ने सरुगाड…
Read More
परम्पारगत बालीको विकल्पको बन्दै किवी

परम्पारगत बालीको विकल्पको बन्दै किवी

१४ कात्तिक,भोजपुर। व्यावसायिक किवीखेती भोजपुरका किसानको रोजाइको बाली बनेको छ । एकपटक विस्तार गरेपछि लामो समयसम्म आम्दानी लिन सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । परम्परागतरूपमा गरिने आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी लिन सकिने किसानले बताउने गरेका छन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन सकिने भएपछि किसान अन्य बाली हटाएर व्यावसायिक किवीखेतीमा लागेका छन् । विषेश गरेर पौवादुङमा गाउँपालिका, भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिकाको ४ नम्बर नागीको लुङ्गिन, वडा नं ५ को मझौले, आमचोक गाउँपालिकालगायत ठाउँमा किसानले यसको व्यावसायिक खेती गरिरहेका छन् । टेम्केमैयुङ–४ नागीमा व्यावसायिकरूपमा नै खेती विस्तार भइरहेको स्थानीय कृषक नवीन राईले बताउनुभयो । आफूले एक सय…
Read More
आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

आइसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपाल र मलेसियाबीच प्रतिस्पर्धा हुँदै

१४ कार्तिक, काठमाडौं ।आइसीसी टी–२० विश्वकप क्रिकेटको छनाेट खेलमा मंगलबार नेपालले मलेसियाको सामना गर्ने भएकाे छ। खेल मंगलबार दिउँसो एक बजे त्रिवि क्रिकेट मैदान किर्तीपुरमा हुने भएकाे हाे । मंगलबारका अन्य खेलहरुमा ओमान र सिंगापुर, बहराइन र हङकङ तथा कुवेत र युएई भिड्ने छन् । साेमबारको खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको नेपाल मंगलबार लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । मंगलबारको जितसँगै नेपालले समूहमा अग्रता लिएको छ । समूह ‘ए’ मा नेपाल र ओमानको दुई-दुई अंक छ भने मलेसिया र सिंगापुर अंकविहीन भएका छन् । विश्वकप छनाेटको समूह बीमा हङकङ र युएईले आफ्नो पहिलो खेल जितेका…
Read More
यो सम्मानजनक स्कोर हो : भेषावकर

यो सम्मानजनक स्कोर हो : भेषावकर

यो अन्डर पार स्कोर हो । त्रिविको फ्ल्याट विकेट हो । बिहानी कन्डिसनमा बलिङ गर्न पाउँदा नेपाललाई सजिलो भयो । यो विकेटमा यो चेजेबल नै हो । सजिलै हुन्छ । बलिङमा नेपालका सबैले राम्रो गरे । सन्दीपले पनि कमब्याकमा राम्रो गरे । उनले आफ्नो अनुभव अनुसार विकेट लिए । गुल्सनको बलिङ इम्प्याक्टफुल भयो । यसअघिका खेलमा उनले मिडल ओभरमा आएर विकेट लिइरहेका थिए र यस खेलमा पनि उनले त्यही काम गरे र त्यो महत्वपूर्ण रह्यो । गुल्सन र सन्दीपको बलिङ पार्टनरसिप राम्रो भयो । त्यो बिचको स्पेलमा उनीहरुले विकेट लिँदा नेपालको लागि भाइटल भयो कम स्कोरमा रोक्नका लागि । सिंगापुरले…
Read More
सुनसान काठमाडौंमा चहलपहल बढ्न थाल्यो

सुनसान काठमाडौंमा चहलपहल बढ्न थाल्यो

९ कार्तिक, काठमाडौं। दशैं लागेसँगै सुनसान बनेको राजधानी काठमाडौंमा बिहीबारबाट विस्तारै चहलपहल बढ्न थालेको छ । लाखौं मानिसहरूले काठमाडौं छाडेर आफ्नो घर जाने भएकाले विगतका दशैंमा झै यसपालीकाे दशैंमा पनि राजधानी सुनसान भएकाे हाे । बिहीबार बडादशैंकाे टीकाको तेस्रो दिनदेखि भने विस्तारै चहलपहल बढ्न थालेको छ । घर गएकाहरु काठमाडौं फर्कन सुरु गरेका छन् भने मान्यजनबाट टीका ग्रहण गर्नेहरूको पनि सडकमा चहलपहल देखिएको छ । काठमाडाैंमा बन्द रहेका बजारहरू पनि विस्तारै खुल्न थालेका छन् ।
Read More
मनकामना केबलकार सञ्चालनमा

मनकामना केबलकार सञ्चालनमा

९ कात्तिक, मुग्लिन । मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । वडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा रहेको प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना ४ कुरिनटार (चेरेस)बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ मा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
Read More
चीनको शोषणकारी अभ्यास: विवादित विमानस्थल आयोजनामा फस्यो नेपाल

चीनको शोषणकारी अभ्यास: विवादित विमानस्थल आयोजनामा फस्यो नेपाल

काठमाडौं । विश्वव्यापी आर्थिक अन्तरनिर्भरताको युगमा साना तथा आर्थिक रूपमा विपन्न राष्ट्रहरूले शक्तिशाली छिमेकी राष्ट्रहरूको हिंश्रक कार्यहरूको सामना गर्दा महत्त्वपूर्ण चुनौतीहरूको सामना गरिरहेका छन् । आर्थिक कु व्यवस्थापन र ठूला शक्तिहरूको साँचो मनसाय बुझ्न नसक्ने कारणले गर्दा आर्थिक अवरोधका कारण विश्वव्यापी मञ्चमा उनीहरूको आवाज सुनाउन सक्ने क्षमतामा बाधा पुगेको छ । यसले उनीहरूलाई प्रायः जटिल ऋणको जालमा फसाउने गरेका छन् । न्यूयोर्क टाइम्सको हालैको रिपोर्टिङले बेइजिङले आफ्नो विवादास्पद बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) को अभिन्न अङ्ग मान्ने अर्को दक्षिण एसियाली देश नेपाललाई कसरी फन्दामा पारेको छ भन्ने खुलासा गरेको छ । बीआरआईको औपचारिक घोषणा हुनुभन्दा अघि नै परियोजना, पोखरा अन्तर्राष्ट्रिय…
Read More
सडक कालाेपत्रे गर्ने याेजनामा रहेकाे छुः वडा अध्यक्ष राई

सडक कालाेपत्रे गर्ने याेजनामा रहेकाे छुः वडा अध्यक्ष राई

७ कार्तिक,काठमाडौं। बराहपोखरी गाउँपालिका खोटाङ जिल्लाकाे सदरमुकाम दिक्तेलबाट दक्षिणी भेगमा करिब २१ कोष (६७.२ कि. मि.) को दूरीमा अवस्थित छ । प्रसिद्ध बराहपोखरीको नामले प्रख्यात यो गाउँपालिकाको केन्द्र बराहपोखरी तालबाट दझिणपट्टि १५ किलाेमिटरको दूरीमा रहेको बाघखोर भञ्ज्याङमा पर्दछ । साविकका गाविसहरु क्रमश: बराहपोखरी, सुन्तले, साउनेचउर, फाक्टाङ, पौवासेरा र मौवाबोटे गरी ६ वटा वडामा फैलिएको यस गाउँपालिकाको क्षेत्रफल १४१.६ वर्ग किलाेमिटर रहेको छ । यस गाउँपालिकाको पूर्वमा जन्तेढुङ्गा गाउँपालिका, उत्तरमा खोटेहाङ गाउँपालिका र पश्चिम-दक्षिणमा सुनकोशी नदिले उदयपुर जिल्लासँग छुट्ट्याएको छ । प्राय: जनजाति राई, मगर, क्षेत्री, ब्राह्मण, नेवार, तामाङ, भुजेल, बिक.परियार र नेपाली लगायत अन्य जातजातिहरुको बसोबास रहेको छ। यस गाउँपालिकाको…
Read More
Page 6 of 40
1 … 4 5 6 7 8 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.