सुनसान काठमाडौंमा चहलपहल बढ्न थाल्यो

९ कार्तिक, काठमाडौं। दशैं लागेसँगै सुनसान बनेको राजधानी काठमाडौंमा बिहीबारबाट विस्तारै चहलपहल बढ्न थालेको छ ।
लाखौं मानिसहरूले काठमाडौं छाडेर आफ्नो घर जाने भएकाले विगतका दशैंमा झै यसपालीकाे दशैंमा पनि राजधानी सुनसान भएकाे हाे । बिहीबार बडादशैंकाे टीकाको तेस्रो दिनदेखि भने विस्तारै चहलपहल बढ्न थालेको छ ।
घर गएकाहरु काठमाडौं फर्कन सुरु गरेका छन् भने मान्यजनबाट टीका ग्रहण गर्नेहरूको पनि सडकमा चहलपहल देखिएको छ । काठमाडाैंमा बन्द रहेका बजारहरू पनि विस्तारै खुल्न थालेका छन् ।
Facebook Comments Box