दश विशेष समिति स्थापनाको निर्णयका साथ सिपिपिसिसीको बैठक सम्पन्न

Share Icon

३० फागुन,एजेन्सी। देशको शीर्ष राजनीतिक सल्लाहकार निकाय चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सिपिपिसिसी)को १४औँ राष्ट्रिय समितिको

पहिलो स्थायी समिति बैठक दश वटा विशेष समिति गठन गर्ने निर्णयका साथ समाप्त भएको छ । बैठकले सिपिपिसिसी राष्ट्रिय समितिअन्तर्गत अर्थ, कृषि, कानुन, जातीय, धार्मिक, सामाजिक तथा वैदेशिक मामिलालगायत धेरै क्षेत्र समेट्न ती समिति गठनको निर्णय गरेको हो ।

स्थायी समिति बैठकले विशेष समितिका सञ्चालक एवम् उपनिर्देशकको नामावली पनि अनुमोदन गरेको छ ।

बैठकको अध्यक्षता चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समतिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा सिपिपिसिसी राष्ट्रिय समतिका अध्यक्ष वाङ हुनिङले गर्नुभएको थियो ।

अध्यक्ष वाङले विशेष सल्लाहकार निकायको रूपमा आफ्नो भूमिका अझ सशक्त हुने जानकारी दिँदै सिपिपिसिसी राष्ट्रिय समितिको स्थायी समितिका सदस्यहरूलाई राजनीतिक परामर्शका गतिविधिहरू सावधानीपूर्वक व्यवस्थापन गर्न आग्रह गर्नुभयो । स्थायी समितिको बैठक गत आइबारदेखि प्रारम्भ भएको थियो ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.