Uncategorized

ओझेलमा पर्दै स्थानीय सीप

ओझेलमा पर्दै स्थानीय सीप

डम्मर बुढामगर २६ असोज,ढोरपाटन (बागलुङ)।  पछिल्लो समय प्रविधिको विकास भएसँगै चोयाबाट बनेका डाला, डोका, नाङ्लोलगायत सामग्री बिक्न छोडेका छन् । आधुनिक प्रविधिबाट बनेका सामग्रीको प्रयोगका साथै परनिर्भर बन्दा स्थानीय सीप ओझेलमा पर्न थालेका हुन् । “पहिले–पहिले गाईभैँसी, भेडाबाख्रा चराउन जङ्गल जाने, दिनभर निगालोको चोयाबाट डाला, नाङ्ला र डोको बुन्ने गथ्र्यौँ । महिना दिन लगाएर बुनेका डाला नाङ्ला एकै दिनमा बिक्री हुन्थे । त्यसबाट मनग्ये आम्दानी हुन्थ्यो”, ढोरपाटन–९ का ८३ वर्षीय लिलबहादुर घर्तीमगरले भन्नुभयो । उहाँले आफ्नो युवा उमेरमा चोयाबाट थुप्रै किसिमका सामग्री बनाएर बिक्री गरेको स्मरण गर्दै अहिले प्लास्टिकका सामग्रीले चोयाका सामान विस्थापित गरिदिएको बताउनुभयो । अहिले आफ्नै घरमा पनि…
Read More
सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

सामाजिक सञ्जाल एक्सले हमास सम्बद्ध सयौँ खाता हटायो

२६ असोज, एजेन्सी । इजराइलमा हमासको हालैको आक्रमणपछि सामाजि सञ्जाल एक्स (यसअघि यसको नाम ट्विटर थियो) ले हमास सम्बद्ध सयौँ खाताहरू हटाएको छ । “आतङ्कवादी सङ्गठनहरूलाई एक्समा कुनै स्थान छैन” भन्दै उसले खाता बन्द गरेको हो । “एक्स सार्वजनिक कुराकानीको सेवाका लागि प्रतिबद्ध छ, विशेषगरी यस्ता महत्वपूर्ण समयमा एक्सको प्लेटफर्ममार्फत प्रसारित हुनसक्ने कुनै पनि अवैध सामग्रीलाई सम्बोधन गर्नुपर्ने महत्वलाई एक्सले बुझेको छ”, एक्सका प्रमुख कार्यकारी अधिकृत लिन्डा याकारिनोले भन्नुभयो, “आतङ्कवादी सङ्गठन र हिंसात्मक अतिवादीहरूलाई एक्समा कुनै स्थान छैन र हामी सही समयमा सक्रिय समूहसहितका यस्ता खाताहरू हटाउन जारी राख्छौँ ।” युरोपेली युनियन उद्योगका प्रमुख थिएरी ब्रेटोनले एक्सका मालिक एलन मस्कलाई…
Read More
‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

‘साइबर सुरक्षा सरकारको प्राथमिकता’

२६ असोज, प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘साइबर’ सुरक्षा सरकारको प्राथमिकता रहेको बताउनुभएको छ । राप्ती इन्जिनियरिङ कलेज, प्यूठान टेक्निकल कलेज र सिलिकन रिसर्च सेन्टरले प्यूठानमा आज आयोजना गरेको साइबर अपराध, साइबर सुरक्षा, सामाजिक प्रभाव, नीति र सार्वजनिक सचेतनासम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै उहाँले साइबर सुरक्षा व्यक्ति र राष्ट्रकै सुरक्षासित जोडिएकाले त्यसलाई प्राथमिकतामा राखिएको बताउनुभयो । सञ्चार तथा सूचना प्रविधिमन्त्रीले ‘साइबर स्पेस’लाई सुरक्षित बनाउन राष्ट्रिय साइबर सुरक्षा नीति २०८० जारी गरिएको उल्लेख गर्दै नीतिकै आधारमा साइबर सुरक्षा ऐनको विधेयक मस्यौदा गर्न सुरु गरिएको जानकारी दिनुभयो । सूचना प्रविधिको क्षेत्र क्षणक्षणमा परिवर्तन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्ने कानुन…
Read More
नमूना वडा बनाउने याेजनामा रहेकाे छुः अध्यक्ष बस्नेत

नमूना वडा बनाउने याेजनामा रहेकाे छुः अध्यक्ष बस्नेत

२५ असाेज, काठमाडाैं । थुलुङ दुधकोशी गाउँपालिका कोशी प्रदेश र सोलुखम्बु जिल्लामा अवस्थित एक गाउँपालिका हो । सोलुखुम्बु जिल्लाको सदरमुकाम सल्लेरीबाट दक्षिण पूर्वीभागमा अवस्थित यस गाउँपालिका तत्कालिन नेले, कांगेल, पंचन, जुबु,  मुक्ली, देउसा र लोखिम गा. वि. स. मिलेर स्थापित भएको हो । यस गाउँपालिकाको केन्द्र साविकको मुक्ली गा. वि. स. मा रहेको छ। यस गाउँपालिकाको पूर्वमा सोताङ गाउँपालिका, पश्चिममा सोलु दुधकुण्ड नगरपालिका, उत्तरमा माप्य दुधकोशी गाउँपालिका, दक्षिणमा नेचा सल्यान गाउँपालिका र खोटाङको ऐसेलुखर्क गाउँपालिका रहेको छ। जनसंख्याको आधारमा हेर्दा नगरपालिकापछिको ठूलो गाउँपालिकाको रुपमा स्थापित यस गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ७५ र  क्षेत्रफल  १४४.६० वर्ग किलाेमिटर रहेको छ।…
Read More
इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

इजरायलबाट नेपाली नागरिक उद्धार गरी स्वदेश ल्याइयो

२६ असोज, काठमाडौँ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उहाँहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उहाँहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल जानुभएको थियो । उद्धारपछि आज विहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुरा गर्नुहुँदै परराष्ट्रमन्त्री साउदले इजरायलबाट नेपाल फर्कन चाहना राख्नुभएका पाँच सय तीन जनामध्ये दुई सय ५४ जनालाई नेपाल ल्याइएको र अन्यलाई पनि छिट्टै नेपाल ल्याइने जानकारी दिनुभयो । “इजरायलको तेल अभिवस्थित नेपाली राजदूतावासले सुरक्षित स्थानमा स्थानान्तरण हुन तथा नेपाल फर्कन चाहने नेपालीहरुलाई अनलाइनमार्फत आफ्नो विवरण प्रविष्ट गर्न अनुरोध गरे बमोजिम आजसम्म पाँच सय ५७ जनाले आफ्नो…
Read More
हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ

हमास र इजराइलसँग सम्पर्कमा रहेको रेडक्रसको भनाइ

२५ असोज, एजेन्सी । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसीआरसी) ले गाजामा बन्धकहरूलाई रिहा गर्न हमास र इजराइलसँग सम्पर्कमा रहेको बिहीबार बताएको छ । गत शनिबार इजराइलमाथि हमासको अप्रत्याशित आक्रमणपछिसैनिक, सर्वसाधारण, बालबालिका र महिलासहित कम्तीमा एक सय ५० इजराइली र विदेशीलाई गाजापट्टीमा बन्धक बनाइएको छ । “तटस्थ मध्यस्थकर्ताका रूपमा मानवीय भ्रमणहरू गर्न, बन्धक र परिवारका सदस्यबीच सञ्चार सम्पर्क सुविधा उपलब्ध गराउन र कुनै पनि अन्तिम रिहाइका लागि हामी तयार छौँ”, निकट र मध्यपूर्वका लागि आइसीआरसीका का क्षेत्रीय निर्देशक फाब्रिजियो कारबोनीले एक विज्ञप्तिमा भन्नुभयो । अन्तर्राष्ट्रिय मानवीय कानूनबमोजिम बन्धक बनाउन निषेध गरिएको भन्दै कारबोनीले कसैलाई पक्राउ गरेको भए तुरुन्तै रिहा गर्नुपर्ने बताउनुभयो ।…
Read More
सडक कालाेपत्रे गर्ने याेजनामा रहेकाे छुः वडा अध्यक्ष तिवारी

सडक कालाेपत्रे गर्ने याेजनामा रहेकाे छुः वडा अध्यक्ष तिवारी

२५ असाेज, काठमाडाैं । पाथीभरा याङवरक गाउँपालिका नेपालको काेशी प्रदेशको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ्ग जिल्लाको पूर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षेत्रफल ९२.७६ वर्ग किलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५ हजार १ सय २४ (घरधुरी सर्भेक्षण-२०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सीमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सीमाना कावेली खोला रहेको छ। साेही गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ। पाथीभरा याङवरक गाउँपालिका-३ का वडा अध्यक्ष पूर्ण बहादुर तिवारीले सडकमा बाह्रै महिना सवारी…
Read More
माैरी पालनलाई व्यवसायमय बनाउनकाे लागि माैरी पकेट निमार्ण गर्दै वडा अध्यक्ष तामाङ

माैरी पालनलाई व्यवसायमय बनाउनकाे लागि माैरी पकेट निमार्ण गर्दै वडा अध्यक्ष तामाङ

२४ असाेज, काठमाडाैँ । दोर्दी गाउँपालिका लमजुङ जिल्लामा अवस्थित छ । वि.स.२०७३ सालमा संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ स्थानीय तह लागु गर्दा लमजुङ जिल्लामा साविकका हिलेटक्सारको ९१(८० वडाहरु¸ भार्ते¸ अर्चलबोट¸ श्रीमञ्जाङ¸ नौथर¸ पाचोक¸ ढोडेनी¸ फलेनी र बन्सार गाउँ विकास समितिहरुलाई समेटेर दोर्दी गाउँपालिका घोषणा गरिएको हो । दोर्दी गाउँपालिकाको क्षेत्रफल ३५०.९३ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ९ वडाहरुमा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसंख्या १८¸३९२ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा गोरखा जिल्ला र दुधपोखरी गाउँपालिका¸ पश्चिममा मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिका¸ उत्तरमा मर्स्याङ्दी गाउँपालिका रहेका छन् । जैविक विविधताले भरिपूर्ण यो गाउँपालिका¸ समुन्द्र…
Read More
भारतमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ सय घाइते

भारतमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु, १ सय घाइते

एजेन्सी । भारतको बिहारमा रेल दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दिल्लीबाट कामाख्या तर्फ गइरहेको नर्थ इष्ट एक्सप्रेसको रेल बुधबार राति बिहारको बक्सरमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हाे । साेही दुर्घटनामा परी  करिब १ सय जना घाइते भएका छन् । घाइते मध्ये २० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार रेल को ६ वटा डिब्बा लिकबाट उछिट्टिएको थियो ।
Read More
५ वर्षमा गरेका प्रतिवद्धता ८० प्रतिशत पूरा गर्नेछुः वडा अध्यक्ष लिम्बु

५ वर्षमा गरेका प्रतिवद्धता ८० प्रतिशत पूरा गर्नेछुः वडा अध्यक्ष लिम्बु

२४ असाेज, काठमाडाैं । फक्ताङलुङ गाउँपालिका पूर्वीनेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लाको उत्तर पूर्वी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो । वि.सं. २०७३ सालमा सघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७ सय ५३ स्थानीय तह लागू गर्दा ताप्लेजुङ जिल्लामा साविकको सात गाउँ विकास समितिहरू सवादिन,खेजनिम, लिङखिम, ईखाबु, तापेथोक, लेलेप र ओलाङचुङगोलालाई समायोजम गरेर फक्ताङलुङ गाउँपालिका बनाइएको हो । फक्ताङलुङ गाउँपालिकाको कुल क्षेत्रफल १८५८.५१ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिकालाई साविकको प्रत्येक गाविसलाई हाल वडामा विभाजन गरि सोही अनुसार जम्मा सात वडामा विभाजन गरिएको छ । यस गाउँपालिकाको कुल जनसङ्ख्या १२ हजार १७ रहेको छ । यस गाउँपालिकाको सीमाना पूर्वमा ताप्लेजुङ…
Read More
Page 8 of 40
1 … 6 7 8 9 10 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.