२० असाेज,काठमाडौं । एशियन खेल अन्तर्गत महिला भलिबलमा मंगोलियामाथि नेपालले जित हासिल गरेको छ ।
शनिबार ११ औं स्थानका लागि भएको खेलमा नेपालको महिला टिमले मंगोलियालाई ३–२ को सेटमा पराजित गरेकाे हाे । पहिलो सेट १७–२५ ले गुमाएको नेपालले दोस्रो र तेस्रो सेट २५–१८ र २५–२१ ले हात पारेको थियो ।
चौथो सेट २५-१८ ले गुमाएको नेपालले अन्तिम सेटमा १५–१२ को स्कोर निकाल्दै रोमाञ्चक जित दर्ता गरेको हो । मंगोलियालाई पराजित गर्दै नेपालको महिला भलिबल टिमले एशियानमा ११ औं स्थान हासिल गरेको छ ।
Facebook Comments Box
Related posts:

प्रचण्डले कांग्रेस नेताहरुलाई दिए राष्ट्रपतिको बचन

साम अल्टमन ओपन एआईमै फिर्ता

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएका अप्ठ्यारा हटाउनुपर्छः अर्थमन्त्री

चालु आर्थिक वर्षकाे बजेटबाट वडामा ९० प्रतिशत काम सम्पन्न भएकाे छ : वडा अध्यक्ष सिंह भाट

