Share Icon

एजेन्सी । जलवायुसम्बन्धी विपदका कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा करिब एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ ।

सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका हुन् । फिलिपिन्समा वर्षेनी औसत २० वटा आँधी आउने गरेको छ।

विपदका  बेला विस्थापित हुँदा सबैभन्दा जोखिममा बालबालिका पर्ने गरेका युनिसेफले जनाएको छ । फिलिपिन्सका लागि युनिसेफका प्रतिनिधि ओयुनसाइखान डेन्डेभनोरोभले जोखिममा रहेका बालबालिकाको संरक्षण र विस्थापितलाई सहयोग गर्ने प्रयासलाई थप सशक्त बनाउनुपर्नेमा जोड दिनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

फिलिपिन्समा आगामी ३० वर्षमा आँधीका कारण थप २५ लाख बालबालिका विस्थापित हुने खतरा रहेको अनुमान समेत गरिएको छ ।

Facebook Comments Box

Share Icon