Share Icon

एजेन्सीर, काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले आणविक ऊर्जाबाट चल्ने क्रुज मिसाइलको अन्तिम परीक्षणमा सफलता प्राप्त गरेको दावी गर्नुभएको छ ।

यस हतियारले संसारको जुनसुकै स्थानमा आक्रमण गर्न सक्ने पनि उहाँले बताउनुभएकाे हाे।  वैज्ञानिकहरुले दिएको हालसम्मको जानकारी अनुसार आणविक उर्जाबाट चल्ने क्रुज मिसाइल परमाणु शक्तिबाट सञ्चालन हुन्छ ।

राष्ट्रपति पुटिनले गरेको यो दावी स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । क्रुज मिसाइल कम उचाइमा उड्ने, आणविक हतियार बोक्न सक्ने र असीमित मारक क्षमता भएको क्षेप्यास्त्र भएको राष्ट्रपति पुटिनको दावी गर्नुभएकाे छ।

अहिलेसम्म यस सम्बन्धमा रुसी रक्षा मन्त्रालयले भने कुनै जानाकारी गराएको छैन ।

Facebook Comments Box

Share Icon