Uncategorized

पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप असोज १० गतेसम्म

पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप असोज १० गतेसम्म

६ असोज, काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यहि असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने भएको हो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा.अभियान गौतमले शैक्षिक हडताल, संविधान दिवसलगायत कारणले लगातार बिदा परेकाले खोप लगाउने समय थप गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि पनि बिदा परेकाले विद्यार्थी खोप लगाउन नआएपछि पाँच दिन थप गरिएको थियो । “लगातारको सार्वजनिक बिदाले विद्यार्थी (किशोरी) खोप लगाउन आएनन्”, डा. गौतमले भन्नुभयो, “त्यही भएर लक्षित किशोरीलाई…
Read More
क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

क्यानको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्षमा बर्तमान अध्यक्ष चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ । क्यानको नयाँ नेतृत्व चयनका लागि शनिबार चुनाव हुने तयारी भइरहेका बेला चन्द निर्विरोध निर्वाचित हुनु भएको हो । उहाँको विरुद्ध उम्मेदवारी दिने तयारी गर्नुभएका विनय राजभण्डारीले उम्मेवारी नै नहालेपछि चन्द निर्विरोध निर्वाचित हुनुभएको हो । नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सचिवमा उम्मेदवारी दिनुभएको छ । खड्काकोविरुद्ध प्रशान्त विक्रम मल्लले उम्मेदवारी दिने चर्चा छ । कुल ८५ मतदाता रहेकोमा प्रतिनिधि छनौटमा विवाद भएकाले झापाको मताधिकार काटिएको छ । जसका कारण कुल मतसंख्या ८४ मात्रै कायम गरिएको छ । कुनै पनि पदमा जित्नका लागि…
Read More
नेपाल क्रिकेट संघको आज निर्वाचन हुँदै

नेपाल क्रिकेट संघको आज निर्वाचन हुँदै

६ असाेज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ । शनिबार १२ बजेपछि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको हाे । नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा मतदान हुँदैछ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने भएकाे छ । चन्दको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दै छन् । पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल रहेका छन् । क्यानको निर्वाचनमा कुल ८५ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । कुल मतसंख्या अब ८४ रहेको छ ।  
Read More
दूतावासद्वारा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक कार्यक्रम आयाेजना

दूतावासद्वारा डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक कार्यक्रम आयाेजना

काठमाडाैं । काठमाडाैंस्थित रहेकाे भारतीय दूतावासले डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर विषयक शुक्रबार एक कार्यक्रमकाे आयाेजना गरेकाे छ । दूतावासले IMF sarttac र भारतीय Ministry of Finance का भर्चुवल सम्मलित प्रतिनिधिहरूबीच डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरकाे विषयमा कार्यक्रमकाे आयाेजना गरेकाे हाे । कार्यक्रम डिजिटल रूपमा अब कसरी अगाडि बढ्ने विषयमा केन्द्रित थियाे । कार्यक्रम राष्ट्रिय याेजना आयाेगका प्रतिनिधिहरूकाे पनि सहभागिता रहेकाे दूतावासले जनाएकाे छ । दूतावासका अनुसार , वाणिज्य सचिव, नेपाल सरकारका सहसचिव लगायत कार्यक्रमसँग सराेकार राख्ने व्यक्ति तथा संघ संस्थाकाे सहभागिता रहेकाे थियाे । @IndiaInNepal organised today a screening of @sarttac @FinMinIndia Seminar on leveraging Digital Public Infrastructure (DPI). Over 65 participants, including…
Read More
चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ: मन्त्री बस्नेत

चिकित्सा शिक्षा ऐन संशोधनको तयारी भइरहेको छ: मन्त्री बस्नेत

५ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा देखिएका कमीकमजोरी सुधान गर्न ऐन संशोधन गर्नुपर्ने बताउनुभएको छ । शुक्रबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको ‘ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार अध्यापनसम्बन्धी पाठ्यक्रममाथिको छलफल’का क्रममा उहाँले उक्त ऐनमा भएका नराम्रा पक्षलाई सुधार गरेर जानुपर्ने बताउनुभएको छ । “चिकित्सा शिक्षा ऐन संशोधन हुनुपर्छ, राम्रा कुरालाई लिएर अगाडि बढौँ, कमीकमजोरी हटाएर राम्रो सुरुआत गरौँ”, उहाँले भन्नुभयो, “स्वास्थ्यकर्मी देशमै उत्पादन गरौँ, शिक्षा र स्वास्थ्यमा व्यापारीकरण भयो पनि भन्ने तर भएभरको पैसा र युवायुवती विदेशिने अवस्था आएको छ ” निश्चित व्यक्तिको उद्देश्य पूर्तिका लागि राज्य कमजोर हुन नहुने…
Read More
शिक्षकहरूले आज पनि गरे काठमाडौंमा प्रदर्शन

शिक्षकहरूले आज पनि गरे काठमाडौंमा प्रदर्शन

४ असाेज, काठमाडाैं । शिक्षा विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरूले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । देशभरबाट आन्दोलनमा सहभागी हुन शिक्षकहरू काठमाडौं आएका हुन् । उनीहरूले विधेयक सच्चाउन माग गरेका छन् । बिहीबार बिहान गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भएको वार्ता निष्कर्ष विहीन भएको थियो । सडकमा घण्टौँ जाम भएपछि नागरिक समस्यामा परेका छन् । काठमाडौंको माइतीघर बानेश्वर सडकमा हजारौं शिक्षकहरूले प्रदर्शन थालेपछि उपत्यकाको सवारी प्रभावित बनेका छ ।  
Read More
साफ यू-१९ फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदै

साफ यू-१९ फुटबल च्याम्पियनसिप आजदेखि सुरु हुँदै

४ भदाै,काठमाडौं । साफ अण्डर नाइन्टीन फुटबल च्याम्पियनसिप बिहीबारबाट काठमाडौंमा सुरु हुने भएकाे छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपालको भिडन्त पाकिस्तानसँग हुने भएकाे हाे । साेही  खेल साँझ साँढे ५ बजे दशरथ रंगशालामा हुने भएकाे छ । प्रतियोगिताको लागि नेपालले बुधबार मात्रै २३ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले घोषणा गरेको नेपाली टोलीको कप्तानी गोलकिपर जियारत शेखले गर्ने भएका छन् । मनाङ मस्र्याग्दी क्लबबाट उनले ए डिभिजन लिग खेलेका थिए । साफ यू-१९ फुटबल च्याम्पियनसिपमा यसपटक ६ टोली सहभागी भएका छन् । समूह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स रहेका छन् । साथै  समूह बीमा…
Read More
सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्ष विहीन

सरकार र आन्दोलनरत शिक्षकको वार्ता निष्कर्ष विहीन

४ असाेज,काठमाडाैं । सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरूद्धमा आन्दोलनमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनरत शिक्षकहरुबीच सिंहदरबारमा बिहीबार बिहान छलफल  भएकाे हाे । यद्यपी गृहमन्त्रीसँगको वार्ता निष्कर्ष विहीन भएको छ । वार्तामा शिक्षामन्त्रीको समेत सहभागिता रहेको थियो । छलफलमा कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्नेकुरा गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो । छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गर्नुभएको उहाँले बताउनुभयो । उहाँले आन्दोलन बानेश्वरबाट माईतीघरसम्म हुने बताउनुभयो । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८…
Read More
राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

राष्ट्रपति पौडेल संविधान दिवसको मूल समारोहको कार्यक्रम सहभागी

३ असोज,काठमाडौँ । संविधान दिवस, २०८० का अवसरमा आज मूल समारोह समितिले सैनिक मञ्च (टुँडिखेल)मा विशेष समारोहको आयोजना गरेको छ । समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, सङ्घीय संसद्का सभापति र सांसदहरू, संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, विदेशी मित्रराष्ट्र तथा नियोगका प्रमुख र प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सञ्चारकर्मीको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ‘संविधान दिवस, २०८०’ लेखिएको ब्यानर प्रदर्शन तथा पृष्पवृष्टि गरिएको थियो । ब्यानर लेखिएको होलिकोप्टरले चक्रपथ परिक्रमा गरेको थियो । मैदानबाट…
Read More
वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष गुरूङ

वडाबासीहरुको समस्याको समाधान गर्दै आएका छाैँ : अध्यक्ष गुरूङ

२९ भदाै, काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो ।यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् । पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको झरही…
Read More
Page 14 of 40
1 … 12 13 14 15 16 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.