Share Icon

६ असाेज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन हुँदैछ ।

शनिबार १२ बजेपछि मतदान प्रक्रिया सुरु हुने निर्वाचन समितिले जनाएको हाे । नयाँ नेतृत्व चयनका लागि नयाँबानेश्वरको एभरेष्ट होटलमा मतदान हुँदैछ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द र विनयराज भण्डारीबीच प्रतिस्पर्धा हुने भएकाे छ ।

चन्दको प्यानलमा नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का सचिवमा र उपाध्यक्षमा रोशन सिंह भिड्दै छन् । पारसकोविरुद्धमा सचिवमा क्यानका केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्ल रहेका छन् ।

क्यानको निर्वाचनमा कुल ८५ रहेपनि प्रतिनिधि विवादको कारण झापा जिल्लाको मताधिकार भने काटिएको छ । कुल मतसंख्या अब ८४ रहेको छ ।

 

Facebook Comments Box

Share Icon