Uncategorized

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन हुने

बुटवलमा आधुनिक पशु बधशाला सञ्चालन हुने

१ असोज, बुटवल। बुटवलको आधुनिक पशु बधशाला सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिका र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडबीच यही असोजदेखि पशु बधशाला सञ्चालन गर्ने सम्झौता भएको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी र मुक्तिनाथ लाइभस्टक बैंक लिमिटेडका सञ्चालक तथा कम्पनी प्रतिनिधि रामशरण तिमिल्सिनाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार मुक्तिनाथ लाइभस्टकले असोजभित्रमा बधशाला सञ्चालनमा ल्याउनेछ । बुटवल–१० रामनगरमा दुई बिघा तीन कठ्ठा क्षेत्रफलमा बनेको बधशाला सञ्चालनका लागि यसअघि सहमति भए पनि विधि र प्रक्रिया नपुगेपछि उपमहानगरपालिकाले गत असारमा पुनः बोलपत्र आह्वान गरेको थियो । नयाँ प्रक्रियाअनुसार मुक्तिनाथ लाइभस्टकले वार्षिक रु ५८ लाख ३८ हजार ७ सय १०…
Read More
एशिया कप क्रिकेटको उपाधि भारतले जित्याे

एशिया कप क्रिकेटको उपाधि भारतले जित्याे

१ असाेज, काठमाडौं ।  एशिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । एशिया कप क्रिकेटको आइतबार भएकाे फाइनल खेलमा भारतको याे ८औं एशिया कपकाे उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले पराजित गर्दै भारतले उपाधि जितेको हो । आइतबार कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेटायाे । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाएका थिए । उनीहरु दुवै नट आउट रहे । यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५।२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भयो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित…
Read More
विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने: प्रधानमन्त्री दाहाल

विदेशमा रहेका नेपाललीलाई मतदानको व्यवस्था गरिने: प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरुलाई मतदानको व्यवस्था गरिने बताएका छन्। संयुक्त राष्ट्र संघको ७८ औं महासभामा सहभागि हुन आईतबार न्यूयोर्क आउनु भएका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँगको भेटमा यस्तो कुरा बताएका हुन। उनले विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको जानकारी दिंदै कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित हुन नदिने बताए। प्रधानमन्त्री दाहालले सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको बताए। उनले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको बताए। प्रधानमन्त्री दाहाल आजै न्यूयोर्क आएका हुन। उनलाई संयुक्त राष्ट्र संघका लागि…
Read More
गैरीगाउँ हत्या काण्डः आरोपित सञ्जय सार्वजनिक

गैरीगाउँ हत्या काण्डः आरोपित सञ्जय सार्वजनिक

काठमाडौं । राजधानीको गैरीगाउँस्थित दिव्य समिलमा भएको हत्या काण्डमा संलग्न रहेका एक युवकलाई प्रहरीले आइतबार साँझ सार्वजनिक गरेको छ । प्रहरीले उक्त हत्या काण्डका एकमात्र आरोपित सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाका सञ्जय भण्डारीलाई सार्वजनिक गरेको हो । पक्राउ परेका भण्डारी बोल्न सक्दैनन् । उनी जन्मजात बहिरा हुन् । शुक्रबार मध्यरातमा उक्त घटना भएपछि उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा अनुसन्धान गर्न समिति गठन गर्नुभएको थियो । सोही समितिले अनुसन्धान गर्ने क्रममा भण्डारीलाई सीसीटिभी फुटेजको सहयोगमा पक्राउ गरेको एसएसपी राठौरले बताउनुभयो । चार जनाको हत्या गरेपछि घटनास्थलबाट भागेर पेप्सिकोलास्थित दिदीको घरमा पुगेर भण्डारी सुतेका…
Read More
सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर

सुन तस्करी प्रकरणमा २९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले ६१ किलो सुन तस्करी गरेको अभियोगमा २९ जनालाई प्रतिवादी बनाई जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रतिवेदन बुझाएको पा“च दिनपछि कार्यालयले जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको हो । सीआईबीले सो प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउने गरी प्रतिवेदन दिएको भए पनि कार्यालय काठमाडौंले २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सूचना अधिकारी महेशप्रसाद खत्रीका अनुसार प्रतिवादी बनाइएकामध्ये ३ जना फरार रहेका छन् । सीआईबीले ४ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाउन प्रतिवेदन तयार पारेकामा सरकारी वकिलले एक चिनिया“…
Read More
बीआरआई कार्यान्वयनमा ‘ब्रेक’

बीआरआई कार्यान्वयनमा ‘ब्रेक’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण औपचारिकतामा सीमित हुने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले दाहालको चीन भ्रमणका क्रममा सहमति, समझदारी र केही हस्ताक्षरपत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई० कार्यान्वयनको विषयमा प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्मा कुनै प्रस्ताव पेस नगरे पनि अन्य समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने विषयमा निर्णय भएको छ । चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा असोजको पहिलो साता दाहाल अमेरिकाबाट चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल हाङ्जाओ, बेइजिङ र चोङ्किङको भ्रमण गरी तिब्बत हुँदै स्वदेश फर्कने कार्यतालिका रहेको छ । बीआरआईको कार्यान्वयन योजनामा हस्ताक्षरको विषयलाई गौण बनाएर दाहालले बीआरआई…
Read More
सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

काठमाडौं । सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन्। सहमतिमा सञ्चो अस्पतालमा डाक्टरमाथि कुटपिट गर्ने अभियोगमा पक्राउ परेका ४ जना र पक्राउ पुर्जी जारी भएका अरू ५ जनालाई पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार कारबाही गर्ने निर्णय भएकाे छ । उक्त ऐन कार्यान्वयनमा सरकारका सरोकारवाला निकाय प्रतिवद्ध रहने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउने लगायत बुँदाहरु रहेका छन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
Read More
राजस्व चुहावट बारे अध्ययन गर्न कार्यदल गठन

राजस्व चुहावट बारे अध्ययन गर्न कार्यदल गठन

काठमाडौं । राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ। गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो।अर्थ मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरू यो कार्यदलमा सदस्य रहेका छन्। दसैँ, तिहार, छठलगायत चाडबाडलाई दृष्टिगत गरी चोरी–पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबीच उच्चस्तरको समन्वय कायम गर्ने र संवेदनशील सीमा नाकाहरूमा आकस्मिक गस्ती बढाउने निर्णय पनि केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले गरेको छ। त्यसैगरी, राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध…
Read More
एशिया कप क्रिकेटमा भारत र श्रीलंका आज भिड्दै

एशिया कप क्रिकेटमा भारत र श्रीलंका आज भिड्दै

३१ भदाै, काठमाडौं । एशिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्ने भएका छन् । साेही खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुने भएकाे हाे । सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्‍याउन चाहन्छ । तर, श्रीलंका पनि आइतबारको खेल जित्दै एशिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको कीर्तिमान बराबरी गर्न चाहन्छ । पछिल्ला वर्षहरुमा आर्थिक मन्दीबाट गुज्रिरहेको श्रीलंकाको क्रिकेट पनि खस्किएको छ । एक दिवसीय वरियताको आठौं स्थानमा रहेको टोली श्रीलंका छनौट चरण पार गरेर मात्रै आसन्न विश्वकपमा छानिएको छ । एशिया कपमा भने सुधारिएको प्रदर्शन…
Read More
कृषिलाई व्यवसायमय बनाउदै  : वडा अध्यक्ष कोईराला

कृषिलाई व्यवसायमय बनाउदै : वडा अध्यक्ष कोईराला

२९ भदाै, काठमाडाैँ । देवचुली नगरपालिकालाई भाद्र २९,२०७५ मा गण्डकी प्रदेशको प्रथम र नेपालको दोस्रो बालमैत्री नगरपालिका घोषणा भएको छ । नेपालको राजधानी शहर काठमाण्डौँबाट करिव १५० कि.मी.को दुरीमा देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुर क्षेत्रमारहेकोछ । साकिका दिव्यपुरी, देवचुली र प्रगतिनगर गा.वि.स.लाईसमावेश गरी नेपाल सरकार मन्त्रीपरिषदको मिति २०७१ वैशाख २५ को निर्णयानुसार घोषित नगरपालिका मिति २०७३ फागुन २७ को नेपाल सरकारको निर्णयबाट साविक रजहर गा.वि.स. समावेश भई गठन भएको नगरपालिका हो । यसको पूर्वमा गैंडाकोट नगरपालिका, पश्चिममा हुप्सेकोट गाँउपालिका र कावासोती नगरपालिका, उत्तरमा बुलिङटार गाँउपालिका र दक्षिणमा चितवन राष्ट्रिय निकुञ्ज पर्दछन् । पूर्वी सिमानाको रुपमा महेन्द्र राजमार्गमा रहेको…
Read More
Page 16 of 40
1 … 14 15 16 17 18 … 40
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.