एशिया कप क्रिकेटमा भारत र श्रीलंका आज भिड्दै
३१ भदाै, काठमाडौं । एशिया कप क्रिकेटको फाइनल खेलमा आइतबार भारत र श्रीलंका भिड्ने भएका छन् । साेही खेल श्रीलंकाको कोलम्बोमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि सुरु हुने भएकाे हाे । सुपर फोर चरणमा श्रीलंकालाई हराएको भारत आइतबार फाइनलमा पनि सोही लय दोहोर्याउन चाहन्छ । तर, श्रीलंका पनि आइतबारको खेल जित्दै एशिया कपको इतिहासमा सर्वाधिक सात उपाधि जित्ने भारतको कीर्तिमान बराबरी गर्न चाहन्छ । पछिल्ला वर्षहरुमा आर्थिक मन्दीबाट गुज्रिरहेको श्रीलंकाको क्रिकेट पनि खस्किएको छ । एक दिवसीय वरियताको आठौं स्थानमा रहेको टोली श्रीलंका छनौट चरण पार गरेर मात्रै आसन्न विश्वकपमा छानिएको छ । एशिया कपमा भने सुधारिएको प्रदर्शन…
