राजस्व चुहावट बारे अध्ययन गर्न कार्यदल गठन

Share Icon

काठमाडौं । राजस्व चुहावटको समस्याबारे अध्ययन गर्न कार्यदल गठन भएको छ।

गत शुक्रबार बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावटको प्रवृत्ति विश्लेषण तथा नियन्त्रणको ठोस उपायसहितको कार्ययोजना एक हप्ताभित्र पेस गर्न राजस्व सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो।अर्थ मन्त्रालयले आइतबार जारी गरेको प्रेस विज्ञप्ति अनुसार राजस्व चुहावट नियन्त्रणमा संलग्न सुरक्षा निकाय एवं विभागीय प्रमुखहरू यो कार्यदलमा सदस्य रहेका छन्।

दसैँ, तिहार, छठलगायत चाडबाडलाई दृष्टिगत गरी चोरी–पैठारी नियन्त्रणका लागि सम्बद्ध निकायबीच उच्चस्तरको समन्वय कायम गर्ने र संवेदनशील सीमा नाकाहरूमा आकस्मिक गस्ती बढाउने निर्णय पनि केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिले गरेको छ।

त्यसैगरी, राजस्व चुहावट नियन्त्रणमा प्रविधिको उपयोग बढाउन सम्बद्ध सबै निकायले योजना बनाउने र राजस्व चुहावट नियन्त्रणमा संलग्न जनशक्तिको कार्यसम्पादनको निरन्तर सुपरिवेक्षण गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.