Share Icon

विराटनगर । विराटनगर भन्सार कार्यालयले भदौ महिनामा लक्षको करिब ५७ प्रतिशत मात्रै राजस्व असुली गरेको छ।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०८०/८१ को भदौ महिनामा ५६.८१ प्रतिशत मात्रै राजस्व असुली गरेको जनाएको छ। कार्यालयको तथ्याँक अनुसार भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको हो।

साउन महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्षको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै असुली गरेको थियो।

चालु आर्थिक वर्षको साउन र भदौ महिनामा संकलन भएको राजस्व अघिल्लो आर्थिक वर्षको सोही महिनामा संकलन गरेको राजस्व भन्दा कम हो।अघिल्लो आर्थिक वर्ष ०७९/८० को साउन महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ९५ करोड १४ लाख १७ हजार रुपैयाँ राजस्व असुली गरेको थियो। यस्तै भदौ महिनामा ३ अर्ब ११ करोड १ लाख रुपैयाँ असुली गरेको थियो।

यो समाचार आजका नागरिक दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon