च्याम्पियन्स लिगमा न्युकासल, म्यान्चेस्टर र बार्सिलोना विजयी

Share Icon

१८ असाेज,काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा न्युकासल युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ४–१ ले पराजित गरेकाे छ।

२० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको इंग्लिस टोली न्युकासलले आफ्नै मैदानमा भएको खेलमा पिएसजीमाथि ४–१ गोलको फराकिलो जित निकालेको हो । यहि समूहको अर्को खेलमा बुधबार राति जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको एसी मिलानले गोलरहित बराबरी खेलेका छन् ।

कठिन समुहमा दोस्रो चरणका खेलहरुपछि ४ अंकसहित न्युकासल शीर्ष स्थानमा उक्लेको छ । ३ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ भने एसी मिलानकाम दुई तथा डर्टमण्डको एक अंक छ ।

च्याम्पियन्स लिगकै समुह ‘ई’ का खेलमा गएराति इटालीको लाजियोले स्कटल्याण्डको सेल्टीकलाई २–१ गोलले हराउँदा स्पेनको एट्लेटिको मड्रिडले नेदरल्याण्ड्सको फेयनुर्डलाई ३–२ गोलले हरायो ।

उता समूह ‘जि’ को खेलमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले जर्मनीको आर.बी लेप्जीगलाई ३–१ गोलले पराजित गर्दा सर्वियाको रेड स्टार बेलग्रेड र स्विट्जरल्याण्डको योङ ब्वाइजले २–२ गोलको बराबरी खेलेका थिए ।

यसै गरी समूह ‘एच’ को खेलमा स्पेनको बार्सिलोनाले पोर्चुगलको एफसी पोर्टोलाई १–० ले पराजित युक्रेनको शख्तर डोनेट्स्कले बेल्जियमको रोयल एन्ट्रेपलाई ३–२ ले पाखा लगाएकाे हाे ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.