च्याम्पियन्स लिगमा न्युकासल, म्यान्चेस्टर र बार्सिलोना विजयी
१८ असाेज,काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलमा न्युकासल युनाइटेडले पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ४–१ ले पराजित गरेकाे छ। २० वर्षपछि युरोपियन च्याम्पियन्स लिगमा फर्किएको इंग्लिस टोली न्युकासलले आफ्नै मैदानमा भएको खेलमा पिएसजीमाथि ४–१ गोलको फराकिलो जित निकालेको हो । यहि समूहको अर्को खेलमा बुधबार राति जर्मनीको बोरुसिया डर्टमण्ड र इटालीको एसी मिलानले गोलरहित बराबरी खेलेका छन् । कठिन समुहमा दोस्रो चरणका खेलहरुपछि ४ अंकसहित न्युकासल शीर्ष स्थानमा उक्लेको छ । ३ अंक जोडेको पिएसजी दोस्रो स्थानमा छ भने एसी मिलानकाम दुई तथा डर्टमण्डको एक अंक छ । च्याम्पियन्स लिगकै समुह ‘ई’ का खेलमा गएराति इटालीको लाजियोले स्कटल्याण्डको सेल्टीकलाई २–१…
