Share Icon

काठमाडौं । पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने क्रममा १ करोड १७ लाख १ हजार ७ सय ८१ रुपैयाँ बराबर एक किलो ४ सय ९१ ग्राम र ७ सय १८ मिलिग्राम सुन हिनामिना भएको पाइएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सो सम्बन्धमा गरेको प्रारम्भिक अनुसन्धानबाट सो स्थिति पाइएको हो । सुन हिनामिना गरेको आरोपमा पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालीन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

त्यसै गरी कोषका तत्कालीन स्टोरकिपर अरुणकुमार श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । कोषका पदाधिकारीहरूले मन्दिरमा सुनको जलहरी निर्माण गर्दा प्रयोग भएको सुनलगायतका धातुहरूको उचित संरक्षणको प्रबन्ध नगरेको पनि आयोगका प्रवक्ता भोला दाहालले बताउनुभयो ।

प्रवक्ता दाहालका अनुसार जलहरी बनाउँदा सो कार्यमा ज्ञान नभएका व्यक्तिमार्फत् कालिगढका रूपमा काम लगाएर सुन हिनामिना गरेको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।

Facebook Comments Box

Share Icon