Share Icon

१५ असाेज, काठमाडाैं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।

साेमबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेकाे महाशाखाले जनाएकाे छ।

सोमबार दिउँसो भने देशभर सामान्य बदली हुनेछ। कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

साेमबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, लुम्बिनी प्रदेश र बाँकी प्रदेशको केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना भएकाे महाशाखाले जनाएकाे छ।

Facebook Comments Box

Share Icon