Share Icon

उमेश दलामी
बाँकेकाे राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ मा राँगा चोरी भएकाे छ ।

शुक्रबार नारायणपुरबाट १० वटा राँगा चोरी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।

स्थानीय महेश थारु, जंग बहादुर थारु, जग बहादुर थारु, प्रेम थारु र टिकाराम थारुको गरी १० वटा राँगा राति करिब १:१८ बजे तिर चोरी भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार राँगा चाेरीबाट करिव ६ लाख बराबरको नोक्सानी भएको छ । चोरले राँगा चोरेर ट्रक गाडीमा लोड गरेर लगेको सीसीटीभी फुटेजमा देखिएकाे छ ।

Facebook Comments Box

Share Icon