Share Icon

काठमाडाैं । वर्षाको समयमा नाला थुनिएर राप्तीसोनारी गाउँपालिका वडा न २ अगैया जलमग्न हुने देखिएपछि नालाको सरसफाइ गर्न थालिएको छ ।

नालामा फोहर थुप्रिएर पानीको निकास नहुँदा स्थानीयवासीले सास्ती खेप्नुपरेकाले टोल समिति मिलेर केही ठाँउमा नालाको सरसफाइ गर्न थालिएको हाे ।

साताकाे १ पटक प्रत्येक घर धुरीबाट १ जनामा जनशक्ति परिचालन गरेर सरसफाइको काम सुरु गरिएको अगैयाका स्थानीय नारायणले जानकारी दिए ।

टोल समितिको पहिलो प्राथमिकतामा नाला सफाइलाई राखिएको उनले बताए । उनले आफनो सिमा क्षेत्रमै नाला सरसफाइ गरिएकाे जानकारी दिए ।

साधनमार्फत नालीको प्लाष्टिकजन्य वस्तु, ढुङ्गा, इँटा, झार, फोहर र लेदो हटाउन थालिएको छ । नाला सरसफाइका लागि बजेट विनियोजन नगरिएको पनि उनले बताए ।

वर्षाको समयमा पानी परेर नालाको फोहोर पानि घरमा पसेर टाेलवासीले सास्ती खेप्नु परेकाे उनले बताए । नालाको समस्या समाधान गर्न केही दिनअघि टोल समीतिले निर्णय गरेकाे नारायणले जानकारी दिए ।

Facebook Comments Box

Share Icon