वडाकाे चौतर्फी विकासमा लागी पर्ने अध्यक्ष लामा
९ माघ, काठमाडाैं । गोरखा जिल्ला स्थित चुमनुव्री गाउँपालिका वडा नम्बर ६मा अहिले विकासले फड्को मारेको छ । पछिल्लो समय वडा नम्बर ६ मा विकास निमार्णका कामहरु तिब्ब्र गतिमा भईरहेका छन । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा नम्बर ६ का अध्यक्ष सरोज लामाले बताउनुभयो । स्थानिय तहको निर्वाचित भएर आएपछि वडामा शिक्षा,स्वास्थ्य,कृषि,खानेपानि,बाटो सडक ,धार्मिक तथा सांस्कृतिक , भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरु ल्याएका छौ । सर्वप्रथम वडामा बजेट विनियोजन गरेर बाटो सडकको मर्मत सम्भार ,स्तरउन्नति गर्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । यस वडाका जनताहरु अशिक्षित भएकोले प्रौढ शिक्षाको सञ्चालन गरेका छौ ।…
