सडक र खानेपानिलाई पहिलो प्राथमिकता दिएर काम गर्दै वडा अध्यक्ष थापा
३ माघ, काठमाडाैं । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष श्रीराज थापा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ मा अहिले विकासले मुहार फेरेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको हुनाले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष थापाले बताउनुभयो । वडामा सर्वप्रथम पहिले घरघरमा धारा पुराउँने काम सम्पन्न भएको छ । बाटो सडकको स्तरउन्नतिको लागि कालोपत्रे गर्ने, बाटो चौडा बनाउने, वडाका वस्तीमा बाटो…
