को-को परे ११० जना कांग्रेसको समानुपातिक बन्दसूचीमा (नामसहित)
काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य अम्बिका बस्नेतले स्थान पाएकी छिन् । कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ । यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी अम्बिका बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् । असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४…
