बढैयाताल वडा नम्बर ५ ले विकासकाे फड्काे मार्दै
काठमाडाैं । बर्दियाकाे बढैयातालस्थित वडा नम्बर ५ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष तुलाराम थारु । वडा नम्बर ५ को चौतर्फी विकासमा ध्यान केन्द्रित गरेर उहाँले कार्यक्रम तथा याेजनाहरू अगाडि बढाउनु भएकाे छ । वडा अध्यक्ष थारूले भन्नुभयाे, 'वडाकाे चौतर्फी विकासकाे लागि विभिन्न कार्यक्रम तथा याेजनाहरू अगाडि बढाइएकाे छ, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद आदिलाई प्राथमिकतामा राखेर काम भइरहेकाे छ।' उहाँले किसानका लागि सिँचाईको व्यवस्था गर्न पनि याेजना बनाइएकाे बताउनु भयाे । त्यस्तै उहाँले नाला सरसफाइ गराई सबै खेतमा पानी पुर्याउने व्यवस्था पनि गरिएकाे बताउनुभयाे…
