मेराे वडा

किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी

किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी

मंसिर, काठमाडाैं ।  राजापुर वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष रामचंन्द्र चौधरी।  उहाँलाई किसानहरुको ढुकढुकी भन्दा फरक पर्दैन समस्या पर्नासाथ उहाँलाई सम्झना समाधानको उपाय निस्कीनै हाल्छ। बाटो ३०० मिटर संग्रहालय देखी संन्तरामको घरसम्म बाटो बनेको र कर्णाली नदिको छेउमा लास जनाउन जाने मलामीहरूका लागी तथा अन्य पैदल यात्रुहरूका लागी २ वटा प्रतिक्षालय बनाएको, थारू समुदायको दिउथानमा पर्खाल घेरेको, १० जनाबडघरलाइ मोवाइल प्रति १ फोन उपलब्ध गराएको, स्वंयम सेवीका १४ जनालाई झोला र टर्च उपलब्ध गरेको बताउनुभयो । उपभोक्ता समितीमार्फत वडा…
Read More
सौर्य ऊर्जाबाट पोखरी गाउँ झिलीमिली स्थानिय हर्षसित

सौर्य ऊर्जाबाट पोखरी गाउँ झिलीमिली स्थानिय हर्षसित

२६ मंसिर, काठमाडाैं ।  जुम्लाको तिला गाउँपालिका–७ मा रहेको पोखरी गाउँमा सौर्य ऊर्जाबाट गाउँ झिलीमिली बनेको छ । वडा नम्बर ७ का अध्यक्ष खम्बीलाल राेकायले विद्युत् सेवा नहँुदा यहाँका स्थानीयवासी सल्लाको दियालोको भरमा अन्धकारमा बस्न बाध्य हुनुपरेको बताउदैं । सौर्य ऊर्जाले गाउँ नै झिलीमिली पारेपछि बिजुली बाल्ने धोको पूरा भएको रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ उज्यालो मात्र भएको होइन, सारा पोखरीवासीको मन उज्यालिएको छ । जम्मा गाउँमा ६० घरधुरी रहेका छन् । गाउँ नजिकै अर्को गोठीबस्ती छ । वर्षायामको ६ महिना पोखरी गाउँका स्थानीय त्यही बस्छन् । गोठीमा पनि सौर्य ऊर्जाको बिजुली पु-याइएको छ ।  ५० किलोवाट क्षमताको सौर्य…
Read More
गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप २९ गते हुदैँ

गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप २९ गते हुदैँ

मंसिर, काठमाडाैं। 'खेलकुद खेलौं स्वास्थ बनौं' भन्ने नाराका साथ टीकापुर ५ नं वडा कार्यालयको आयोजनामा खेलकुद प्रतियोगिता संचालन हुने भएको छ । खेलकुद यही मंसिर २९ गते विहिबार  हुने जनाइएको छ । 'खेलकुद खेलौं स्वास्थ बनौं' भन्ने नाराका साथ संचालन हुन गईरहेको गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप पुरुष तर्फ फुटबल ,भलिबल र महिला तर्फ बेलुन फुटाउने ,छुर खेल हुने  वडाअध्यक्ष बलविर थारुले  बताउनुभयाे । यस वडाका युवाहरूमा खेलप्रितकाे लगाव र झुकाव अत्याधिक रहेकाे छ । खेलका माध्यमबाट आफ्नाे भबिश्य खाेज्ने युवाहरूका लागि गाउँ स्तरीय मैत्रीपूर्ण वडा कप खेलबाट प्रेरणा मिलास र खेलमा पनि निरन्तरता दिईरहुन भन्ने उदेश्यले खेलकुद संचालन गरेकाे…
Read More
‘सुगम जिल्लाका दुर्गम बासिन्दा’

‘सुगम जिल्लाका दुर्गम बासिन्दा’

२६ मंसिर, काठमाडाैं ।  मधेस प्रदेश सप्तरी जिल्लामा अवस्थित सुरुङ्गा नगरपालिका जिल्लाको सगरमाथा राजमार्ग तथा पूर्व पश्चिम राजमार्गसँग उत्तर दक्षिण तर्फ फैलिएर रहेको छ । याे नगरपालिका हाल ११ वटा वडाहरुमा फैलिएकाे छ । सबै वडाको विकास निर्माणका कार्य र समस्याहरु पनि आ-आफ्नै छन् । यस मध्येको २ नम्बर वडाले विकासको फड्काे मारिरहेकाे छ । यसकाे जस वडाअध्यक्ष अर्जुन राज खपाँगीलाई जान्छ । उहाँ सदैब विकास निर्माणका कार्यलाई गति दिन निरन्तर अघि बढी राख्नु भएकाे छ । वडा बासीले रोजेर पठाई सकेपछि जनताको मतकाे कदर गर्ने सदैव वडाको विकासमा लाग्ने उहाँकाे प्रतिबद्धता  छ। उहाँले वडाकाे कार्यभार समालेदेखि निरन्तर विकासका काममा…
Read More
चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष थारू

चुनाैतीलाई चिर्दै वडाकाे विकासमा लागि परेका छाैँ : अध्यक्ष थारू

२६ मंसिर, काठमाडाैं । कैलालीकाे टीकापुर नगरपालिका वडा नम्बर ५ काे अहिले विकासले मुहार फेरेको छ । यस वडामा काम गर्दा धेरै चुनौतीका साथ अवसर पनि रहेको वडाअध्यक्ष बलविर थारुले बताउनुभयो । वडा खबरसँग भएको कुराकानीका क्रममा उहाँले राम्रो काम गर्न खोजिरहेका यहाँका किसानको दैनिकी परिवर्तन होस र वडा नम्बर ५ पर्यटकमय बनाउने हाम्रो विशेष जोड रहेको बताउनुभयाे । व्यक्तिगत योजनाले मात्रै विकास असम्भव रहेको बताउँदै उहाँले सबै जनप्रतिनिधि, स्थानीय बासिन्दा एक भएर अगाडि बढ्नु पर्नेमा जाेड दिए। हाम्रो वडा नेपालको नमुना वडा घोषण हाम्रो वडा नेपालको नमुना वडा घोषण समेत जानकरी दिदैँ उहाँले ‘कर्णाली नदीमा नेपालकै दुलर्भ शिवलिंग र…
Read More
निर्वाचन आचारसंहिता फुकुवा

निर्वाचन आचारसंहिता फुकुवा

काठमाडौं । निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु रहेको निर्वाचन आचारसंहिता यही मङ्सिर २६ गतेदेखि लागु नरहने निर्णय गरेको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो निर्णयको जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको बताउनुभयो ।
Read More
स्थानीय तहको क्षमता विकास गर्न जरुरी : प्रधानमन्त्री देउवा

स्थानीय तहको क्षमता विकास गर्न जरुरी : प्रधानमन्त्री देउवा

२५ मंसिर, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्न जरुरी रहेको बताउनुभयाे यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उहाँले आग्रहसमेत गर्नुभएको छ। उनले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयाे । सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले बताउनुभयाे । साथैं उहाँले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुपर्नेमा जोड दिनुभएको छ । link; https://youtu.be/oYUIzCaidM0
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

२५ मंसिर, काठमाडौं । राजापुर वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रसादु थारु । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन प्रसादु थारु उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु.ख , सुख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ ।  हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ३ का युवाहरुको…
Read More
मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगियो

मेडिकल परीक्षणका लागि सन्दीप लामिछानेलाई अस्पताल लगियो

काठमाडौं । सन्दीप लामिछानेलाई मेडिकल परीक्षणका लागि अस्पताल लगिएको छ । सन्दीपको मेडिकल परीक्षणका लागि केएमसी अस्पतालमा लगिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर सन्दीपलाई प्रहरी वृत्त गौशाला लगेको थियो । लामिछाने आज कतार एयरवेजको क्यूआर ६४८ कलसाइन भएको जहाजबाट नेपाल आएका थिए । सन्दीपलाई अदालतमा भने आइतबार मात्र उपस्थित गराइनेछ । भोलिसम्म दशैंको विदा र पर्सि शनिबारका कारण अदालत बन्द हुनेछ । आइतबार अदालत खुलेपछि म्याद थपका लागि उनलाई उपस्थित गराइने प्रहरीले जनाएको छ । उनी जमैकामै रहेका बेला उनीविरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा नाबालिगमाथि बलात्कारको जाहेरी परेको थियो। भदौ ५ गते सन्दीपले बलत्कार गरेको जाहेरीमा…
Read More
प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा महाशाखाको अलर्ट, यी स्थानमा बाढीको सम्भावना

काठमाडाैं । विभिन्न स्थानमा बुधवार बिहानैबाट वर्षा जारी रहेको छ। केही स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाले पश्चिम राप्ती जलाधारको धेरै स्थानमा पछिल्लो ६ घन्टा अति भारी वर्षा मापन भएको र थप वर्षा हुने, पश्चिम राप्ती भालुबाङ र कुसुम जलमापन केन्द्रमा जलसतह एक्कासी बढ्ने जनाएको छ। त्यसैले ती क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको छ । यी जिल्लाका धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन…
Read More
Page 122 of 123
1 … 120 121 122 123
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.