किसानहरुको ढुकढुकी बन्दै वडा अध्यक्ष चौधरी
मंसिर, काठमाडाैं । राजापुर वडा नम्बर २ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष रामचंन्द्र चौधरी। उहाँलाई किसानहरुको ढुकढुकी भन्दा फरक पर्दैन समस्या पर्नासाथ उहाँलाई सम्झना समाधानको उपाय निस्कीनै हाल्छ।
बाटो ३०० मिटर संग्रहालय देखी संन्तरामको घरसम्म बाटो बनेको र कर्णाली नदिको छेउमा लास जनाउन जाने मलामीहरूका लागी तथा अन्य पैदल यात्रुहरूका लागी २ वटा प्रतिक्षालय बनाएको, थारू समुदायको दिउथानमा पर्खाल घेरेको, १० जनाबडघरलाइ मोवाइल प्रति १ फोन उपलब्ध गराएको, स्वंयम सेवीका १४ जनालाई झोला र टर्च उपलब्ध गरेको बताउनुभयो ।
उपभोक्ता समितीमार्फत वडा नम्बर २ को ग्वारीमा थारु संग्राहलय बनाउने र समुदायक भवन निमार्ण गर्न समिती गठन भईसकेको र अव तत्कालै कार्य सुरुगर्न लागेको वडा खवरसंग कुरा गर्दा अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
दशैँमा वडाको तर्फबाट एक लाख बजेट छुटएको थियाैं । युवाका खेलकुदका कार्यक्रम सफलभएकाे र युवाहरु हर्ष उल्लासका साथ कार्यकमा भाग लिनुएका थिए भनेर जनकारी गराउनु भयाे । सबैलाई समेटेर खेलकुदका गतिबिधि समापन भएको कुरा उल्लेख गर्नुभयो ।
बाटोको समस्या, शिक्षा, स्वास्थ, विद्युत, युवा शक्तिको लागि रोजगार लगायतका समस्याहरुको निराकरणको लागि विभिन्न योजना रहेको बतानुहुदैँ वडाको चौतर्फि विकासमा ध्यान केन्द्रित गरेका स्पष्ट पार्नुभयो ।
उहाँले थप्दै भन्नुभयो, ‘राजनीति जिवन र आफ्नो जिवनको निकै ठूलो त्याग,मेहेनत र संघर्षबाट म यहाँसम्म आइपुगे ,अझैपनि जनताको सेवक भएर सेवागर्ने अठोट छ।’
जनतालाई गरेको बाचाबाट निराश हुन दिनेछैन । यो मेरो जिन्दगीको संक्ल्प हो। म सदैव जनको सेवामा जिवन निर्वाहा गर्ने छु यो मेरा लागी अवसर हो ।