राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा हाडजोर्नी प्लस्टरसहित सिजर अप्रेशन हुने
♦सागर परियार २५ माघ ,बर्दिया । बर्दियाकाे राजापुर प्राथमिक स्वास्थ्य केन्द्रमा अब हाडजोर्नी प्लस्टरसहित सामान्य सिजर अप्रेशन हुने भएकाे छ । राजापुर नगरकार्यापालिकाको बैठकले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रलाई अपग्रेड गर्दै हाडजोर्नी प्लस्टर सामान्य सिजर अप्रेशन सेवा दिनसक्ने गरि ब्यवस्थापन मिलाउन निर्णग गरेकाे छ । वडा नम्बर ४ का अध्यक्ष बिदुर पाेखरेलले डजोर्नी प्लस्टर सामान्य सिजर अप्रेशन तथा अन्य सेवा सुबिधा यहिबाट दिनसक्ने गरी व्यवस्थापन मिलाउन आवश्यक रकम बिनियोजन गरिएको जानकारी दिनुभयाे । उहाँले राजापुर प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवामा अपग्रेडकाे लागि पहल गर्नु हुने नगरप्रमुख दिपेश थारू(राजेश), उप-प्रमुख मनकला चाैधरी र नगरपालिकाका प्रमुख प्रशाशकिय अधिकृत अर्जुश सुवेदीलाई धन्यवाद दिनुभयाे ।…
