आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएर अघि बढ्दैः अध्यक्ष खड्का

Share Icon

२४ माघ काठमाडाैँ । बागमती प्रदेश दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. १ का प्रकाश बहादुर खड्का स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर गौरीशंकर गाउँपालिका वडा नं. १ को अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

पछिल्लो समय दोलखा जिल्ला स्थित गौरीशंकर गाउँपालिका वडा नं. १ ले विकासको फड्को मारिहेको छ ।

वडा अध्यक्ष खड्काले वडा खबर सँग कुरा गर्दै भन्नुभयो, “म स्थानिय तहको निर्वाचनमा निर्वाचित भएर आएपछि वडालाई नमुनाकै रुपमा स्थापित गर्न अहोरात्र खटिरहेको छु ।”

उहाँले जनताको समस्या र वडा विकासकोलागी सधैँ तत्पर रहेको बताउनुभएको छ ।

पछिल्लो समय वडा नम्बर १ मा वडावासीलाई लक्षित गरी विभिन्न कार्यक्रम तथा योजनाहरु ल्याइएको छ ।

वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकतामा राखेर विकास योजनाका कामहरु तीव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

वडामा शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता दिए सँगै शिक्षा क्षेत्रमा शिक्षालाई गुणस्तर बनाउन शैक्षीक कार्यक्रमका साथै विद्यार्थीहरुलाई खाजाको व्यवस्था गर्ने योजना बनाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडावासीहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्दै उत्पादन बढाउने उद्देश्यका साथ कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यवसायीमुखी बनाउने लक्ष्य राखेका छौँ ।”

त्यसैगरी स्वास्थ्यको क्षेत्रमा उहाँले वडावासीहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै टोल टोलमा गएर स्वास्थ्य परीक्षण गर्न कर्मचारीहरु व्यवस्थापन गर्ने योजना सँगै वडावासीहरुलाई सहज हुने तिन ठाँउबाट स्वास्थ्य सम्बन्धी सेवाहरु प्रदान गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले वडामा रहेका युवाहरुलाई उहाँहरुको क्षमता विकास, सशक्तीकरण गर्ने उद्देश्यका साथ बजेट विनीयोजन गरेका छौँ, तर हामीले युवाहरु वडा भन्दा बाहिर भएको कारण बजेट खर्च गर्न सकेका छैनौँ ।”

त्यसैगरी महिलाहरुलाई सिप मुलक सम्बन्धी सिलाई बुनाई र व्यवसायीक मुलकका मेसीनहरु प्रयोग गरेर तालिमहरु प्रदान गर्ने योजना रहेको उहाँले बताउनुभयो ।

उहाँले दलित तथा जेष्ठ नागरीकहरुलाई पनि आवश्यकताअनुसार बजेट विनीयोजन गरेको उहाँले बताउनुभयो ।

उहाँ निर्वाचीत हुनु भन्दा अघि शैक्षिक पेशामा आबद्ध भएको र वडाबासीको साथ, सहयोगको कारणले वडामा काम गर्न कुनै गाह्रो नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष खड्का भन्नुहुन्छ, “म आफ्नो कार्यकाल भित्र रोजगारका लागि बाहीरी देश गएका युवाहरुलाई वडामै रोजगार सिर्जना गरेर रोजगार दिनुका साथै वडाबासीहरुको समस्यालाई सामाधान गर्दै चौर्तफी विकासमा ध्यान केन्द्रित गरेर आफ्नो वडालाई नमुना वडा बनाउने लक्ष्य लिएको छु ।”

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?

उहाँ भन्नुहुन्छ, “मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण जनताले म प्रति विश्वास गर्नु भएको छ , जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको र वडाबासीहरुको समस्या र सामाधानमा म सदैब लागि परिरहने छु ।”

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.