सडकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै वडा अध्यक्ष रेग्मी

२४ माघ, काठमाडाैँ । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं.७ का वडा अध्यक्ष तुलसी रेग्मीले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा पुन : निर्वाचीत हुनुभयो । गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नंं.७ मा अहिले विकासले मुहार फेरिरहेको छ ।
जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष तुलसी रेग्मी ।
उहाँ अघिल्लो कार्यकालमा पनि निर्वाचित हुनुभएको थियो भने गत वर्ष वैशाख महिनामा सम्पन्न स्थानिय तहको निर्वाचनमा पनि जनताको रोजाइमा पर्न सफल जनताको मन मस्तिष्कमा बस्न सफल भई पुनः निर्वाचित हुनुभएको छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बाटो, कृषि, पुल पुलेसा तथा भौतिक पुर्वाधार विकास निमार्णका योजनाहरु लगभग ७५ प्रतिशत कामहरु सम्पन्न भएको वडा अध्यक्ष रेग्मीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता बाटो सडकलाई दिदै बाटोको ढलान गर्दै नालाहरु बनाउने कामहरु सम्पन्न गरेका छौ । ”
त्यस्तै शिक्षाको क्षेत्रमा निजी विद्यालयमा शिक्षकलाई तलबबापत वडाबाट बजेट विनियोजन गरेको, सामुदायिक नमुना विद्यालयमा पनि शैक्षिक गुणस्तर कायम गर्ने तथा पर्खालकाे लागी बजेट विनियोजन गरेको र पढ्दै पढाउने कार्यक्रम यस गाउँपालिकामा पहिलो काम रहेको अध्यक्ष रेग्मीले जानकारी गराउनुभयाे ।
कृषिको क्षेत्रमा बाख्रा तथा कुखुरा पालनका लागि फर्मको स्थापना गरेको र तरकारीको खेति गर्न कृषि औजारहरु कुटानी पिसानी, हलो, मिनि टेलर, घास काट्ने मेसिनहरु वितरण गरेको अध्यक्ष रेग्मीले बताउनुभयो ।
खानेपानीको क्षेत्रलाई मध्यनजर गर्दै संघ र प्रदेश संग समन्वय गरेर बृहत खानेपानीको लागि ठुला ठुला पानीको टयाङकीको निमार्ण गरेर घरघरमा धारा पुराउने लक्ष्यका साथ काम गरेका छौ ।
उहाँले भन्नुभयो, ” वडामा रहेका सम्पुर्ण योजनाहरु वैशाख सम्म सम्पन्न गर्ने योजनामा रहेको छ । वडालाई नमुना वडा बनाउनको लागि अध्यक्ष अहोरात्र खटिरहनु भएको छ । ”
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ७ प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ७ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।