Share Icon

२१ भदाै,काठमाडाैँ । पवित्र शुक्लागण्डकीको दुबै तर्फ माछापुछ्रे हिमालको काख भुजिकोट, दगाम र गुर्दुम,थप्रेक, रईपुर, लामागाउँ जस्ता उच्च क्षेत्रको संरक्षणमा पृथ्वी राजमार्गमा रहेको यस नगरपालिकाको घोषणा मिति २०७१ वैशाख २५ को मन्त्री परिषद्को निर्णय अनुसार साविकका दुलेगौंडा, खैरेनीटार र ढोरफिर्दी गा।वि।स।लाई समेटेर ।

मिति २०७१ जेठ ७ गते देखि कार्यालय स्थापना भइ संचालनमा आएकोमा मिति २०७३ फाल्गुन २२ गतेको निर्णय अनुसार थप तीन गाबिस थप्रेक, राइपुर र फिरफिरे समेत गरि मिति २०७३ फाल्गुन ३० गते बाट बृहत शुक्लाुगण्डकी नगरपालिकाको रुपमा संचालनमा आएको हो।

देशको राजधानी काठमाडौंदेखि १७० कि।मी। पश्चिम र पर्यटकीय नगरी पोखराबाट १९ कि.मी. दक्षिणमा यस नगरपालिका रहेको छ ।

पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

गण्डकी प्रदेश तनहुँ जिल्लामा अवस्थित शुक्लागण्डकी नगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेन्द्रे भट्टराईले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।

शुक्लागण्डकी नगरपालिका वडा नं. १० मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष राजेन्द्र भट्टराई ।

शुक्लागण्डकी नगरपालिका वडा नं. १० मा नगरबाट जम्मा बजेट १ करोड लाख र ७० लाख प्रदेशबाट बजेट विनियोजन गरिएको वडा अध्यक्ष राजेन्द्र भट्टराईले बताउनुभयो ।

उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।

उहाँ पहिले वडा सदस्यमा रहेर काम गरेको धेरै अनुभव भएकोले अहिले वडा अध्यक्षमा रहेर काम गर्न कुनै कठिनाई नभएको उहाँले बताउनुभयो ।

वडा अध्यक्ष भट्टराई भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ ।”

स्थानीय तहको निर्वाचित पछि वडामा शिक्षा, स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक,सांस्कृतिक,विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष भट्टराईले बताउनुभयोे ।

वडा अध्यक्ष भट्टराईले भन्नुभयो, ” वडामा बाटोलाई पहिलो प्राथमिकता दिए साथसाथै वडामा रहेको बाटोको स्तरउन्नति गर्दै नाली बाटो सहित ढलान गर्ने र कुनै बाटो कालोपत्रे गर्ने योजनामा रहेको छ । “

त्यसै गरी खानेपानीको क्षेत्रमा वडाबासीहरुको घरघरमा धारा निमार्ण गर्नको लागि वडाबाट बृहत रुपमा काम अगाडि बढाईरहेको वडा अध्यक्ष भट्टराईले प्रष्ट पार्नुभयो ।

त्यसै गरी विद्युतको क्षेत्रमा वडामा रहेका विद्युतका पोलहरुको मर्मत सम्भार गर्ने योजनामा रहेको उहाँले बताउनुभयो । स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई सहजै स्वास्थ्य सुविधाहरु दिईरहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो, ” महिला, अपांग र दलितहरुलाई लक्षित गर्दै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको तर विभिन्न कारणले काम पछि सरेको छ । त्यसै गरी वडामा युवाहरुलाई लक्षित गर्दै विभिन्न खेलकुदको लागि बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । “

उहाँले भन्नुभयो, ”स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ ।”

पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो ?

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुसी लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?

वडा नम्बर १० का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर १० वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon