Share Icon

काठमाडाैं । दोर्दी गाउँपालिका वडा नम्बर ९ काे कार्यालयले मौरीसहितकाे घार वितरण गरेकाे छ।

वडा अध्यक्ष आशिष तामाङले गाउँपालिकाे समन्वय तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई लमजुङ्गको सहयोगमा आ.व.२०७९/०८० को स्वीकृत कार्यक्रमबाट माैरीसहितकाे घार वितरण गरिएकाे जानकारी दिनुभयाे ।

उहाँले हिलेटक्सार मौरी पकेट क्षेत्र भित्रका मौरी पालन किसानहरुलाई दोस्रो चरण अन्तर्गत २ सय ३० वटा मौरी सहितको घार वितरण गरिएकाे बताउनु भयाे ।

वडा कार्यालयले एक कार्यक्रमकाे आयाेजना गरी मौरी सहितको घार वितरण गरेकाे हाे । वडा अध्यक्ष तामाङले यसलाई व्यावसायिक बनाउन सके आर्थिक आयआर्जन बढ्ने बताउनु भयाे ।

Facebook Comments Box

Share Icon