तरकारी खेतीलाई व्यवसायमय बनाउदै वडा अध्यक्ष गाैतम
२९ असाेज, काठमाडाैँ । वि.स २०७२ मा जरी भएको नेपालको संविधानले व्यवस्था गरेको राज्य संरचना अनुरुप स्थानीय तहको रुपमा रुपा गाउँपालिकाको स्थापना भएको हो ।
संवैधानिक व्यवस्था अनुरुप वि.स २०७४. ०१.३१ मा भएको स्थानीय तहको निर्वाचन तथा मिति २०७४ . ०२.०५ मा भएको कार्यापालिकाको चुनाव पश्चात जन निर्वाचित जनप्रतिनिधिहरु मिति २०७४ .०२ .१६ मा पदबाहाली गरेका थिए ।
यसरी रुपा गाउँपालिका आफ्ना जनप्रतिनिधिहरु मार्फत विकासको गतिमा अगाडी बढेको छ । रुपा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत कास्की जिल्लाका साविक थुम्की, रुपाकोट, देउराली गा.वि .स हरुको सबै र साविक हंसपुर गा.वि स.का ९वडा नं. ५ र ८ बाहेकका०ःभुभाग समेटेको कास्कीको दक्षिण पूर्वी भागमा अवस्थित छ ।
भैगोलिक भएको, विविधतामा एकता कायम रहेको,प्रकृतिक हिसाबले सुन्दर र विकासका अनेक सम्भावनाहरु भएको गाउँपालिका हो ।
गण्डकी प्रदेश कास्की जिल्लामा अवस्थित रूपा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दिपेन्द्र गाैतमले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो ।
रूपा गाउँपालिका वडा नं.३ मा अहिले विकासले मुहार फेरिरहेको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् वडा अध्यक्ष दिपेन्द्र गाैतम ।
वडालाई नमुनाकै रुपमा स्थापना गर्न वडा अध्यक्ष गाैतम अहोरात्र खटिरहनुभएको छ ।
रूपा गाउँपालिका वडा नं.३ मा जम्मा बजेट पालिकाबाट ३५ लाख, प्रदेशबाट १० लाख र संघबाट १० बजेट विनियाेजन गरिएकाे वडा अध्यक्ष दिपेन्द्र गाैतमले जानकारी दिनुभयाे ।
उहाँ स्थानीय तह निर्वाचन पश्चात वडामा वडाबासीहरुको समस्याको समाधानका सार्थै विकास निर्माणका कामहरु गर्दै आउनुभएको छ ।
स्थानीय तहको निर्वाचित पछि वडामा स्वास्थ्य, सडक, कृषि, खानेपानी, सरसफाई, धार्मिक, सांस्कृतिक, विद्युत तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरेको वडा अध्यक्ष गाैतमले बताउनुभयोे ।
वडा अध्यक्ष गाैतमले भन्नुभयो, ” वडामा पहिलो प्राथमिकता शिक्षा, कृषि र बाटोलाई दिनुका साथसाथै बाटोलाई स्तरउन्नति गर्दै ग्राभेल गर्ने याेजनामा रहेकाे छ । “
त्यसै गरी शिक्षाको क्षेत्रमा शैक्षिक गुणस्तर ल्याउनको लागि वडामा रहेको सामुदायिक विद्यालयमा अध्यन गर्ने विद्यार्थीहरूलाइ मध्यनजर राख्दै तरकारी खेतीमा जाेडेर पढ्न सहजकाे लागि वडाबाट बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ” वडामा कृषिलाई विशेष जोड दिदै कृषिलाइ व्यवसायमय बनाउनकाे लागि तरकारी खेतीलाइ विशेष जाेड दिएका छौ । “
त्यस्तै स्वास्थ्यको क्षेत्रमा वडामा रहेको सामुदायिक स्वास्थ्य केन्द्रबाट वडाबासीहरुलाई स्वास्थ्य सुविधाहरु दिईरहेको र टोल टोलमा गएर स्वास्थ्य सिविर सञ्चालन गरेर स्वास्थ्य परिक्षण गर्ने कामहरु गरेको वडा अध्यक्ष गाैतमले प्रष्ट पार्नुभयाे ।
उहाँले भन्नुभयो, “खानेपानीको क्षेत्रमा घरघरमा धारा पुराउने अभियानका साथ कामहरु अगाडि बढाईरहेका छौ । “
त्यसै गरी महिलाहरुलाई लक्षित गर्दैै विभिन्न सिपमुलक तालिमहरुको व्यवस्था गरेको वडा अध्यक्ष गाैतमले बताउनुभयो । साथै युवाहरूलाइ मध्यनजर गर्दै विभिन्न वडा स्तरीय खेलकुदकाे लागि बजेट विनियाेजन गरेकाे उहाँकाे भनाइ छ ।
वडा अध्यक्ष दिपेन्द्र गाैतमले भन्नुभयो, ” स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेको छ । “
अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ?
वडा नम्बर ३ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ३ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।