Share Icon

२९ असाेज, काठमाडाैं। कोशी प्रदेश सभाको बैठक कार्तिक १ गते बुधबार बस्ने भएकाे छ।

यहि असोज २० गते स्थगित भएको प्रदेश सभाको बैठक कात्तिक १ गतेका लागि बोलाइएको हो । प्रदेशसभा सचिवालयले साेमबार एक सूचना जारी गर्दै कात्तिक १ गते बुधबार दिनको ११ बजेका लागि बैठक बस्ने गरी सूचना जारी गरेको हो ।

प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीद्वारा जारी सूचनामा असोज २० गते अर्को सूचना नभएसम्मका लागि स्थगित भएको कोशी प्रदेश सभाको चौथो अधिवेशनको तेस्रो बैठक कार्तिक १ गते बुधबार बस्नेगरी बोलाइएको उल्लेख गरिएकाे छ ।

सोही बैठकमा नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बन्नुभएका केदार कार्कीले विश्वासको मत लिने सम्भावना रहेकाे छ ।

Facebook Comments Box

Share Icon