Share Icon

३० भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले युवालाई देशभित्रै आशा, भरोसा र सपना जागृत गराउनुपर्ने जिम्मेवारी सरकारकाे रहेको बताउनुभएकाे छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनु भएकाे हाे ।

उहाँले युवामा रहेको ज्ञान, सीप, दक्षता, क्षमता र अनुभवलाई सदुपयोग गर्दै राष्ट्र निर्माणमा जुट्नुपर्ने समेत बताउनुुभयाे  । विदेशमा रहेका लाखौं नेपाली युवाहरुको भविष्यकाे बारेमा नसोचिकन देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नरहेको उहाँकाे तर्क छ ।

सरकारले निर्दिष्ट गरेको योजना र कार्यक्रमलाई समयानुकूल बनाउँदै नेपाली युवालाई वर्तमानका हिस्सेदार बनाउने विषयमा सरकार सम्पूर्ण रुपले प्रतिवद्ध रहेको  प्रधानमन्त्री दाहालकाे भनाइ छ ।

 

 

 

Facebook Comments Box

Share Icon