समग्र वडाको विकास गर्दै अध्यक्ष गुरुङ
२ फागुन, काठमाडाैँ । गण्डकी प्रदेश मनाङ जिल्लामा अवस्थित नासोँ गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष निलराम गुरुङले स्थानीय तहको निर्वाचनमा अत्यन्त बहुमत ल्याएर अध्यक्ष पदमा निर्वाचीत हुनुभयो । नासोँ गाउँपालिका वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर ३ का वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएका छन् । जनप्रतिनिधिले चाहेको खण्डमा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष निलराम गुरुङले बताउनुभयो । वडा अध्यक्ष गुरुङ भन्नुहुन्छ, “हामीले उपभोक्ता समिती मार्फत् काम गरीरहेका छौ, केही योजनाका कामहरु सम्पन्न हुन लागेको छ भने केही काम सुरु हुन लागेको छ । '' उहाँले भन्नुभयो, ''…
