Share Icon

काठमाडाैं । बढैयाताल गाउँपालिका वडा नम्बर ८ ले विभिन्न सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेकाे छ।

आर्थिक वर्ष ०७९/८० को स्वीकृत लक्षित वर्गको कार्यक्रम अन्तरगत वडा रहेकाे विभिन्न ६ वटा सामुदायिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएकाे हाे ।

ती विद्यालयबाट छनाेट भएका १२८ विद्यार्थीहरूलाई कपि, कलम, झोला र स्विटरलगायतका सामाग्री वितरण गरिएकाे वडा अध्यक्ष तेज नाथ पाैडेलले जानकारी दिनुभयाे ।

त्यस्तै पशुपति आधारभुत विद्यालयलाई एक थान स्मार्ट टिभी, दुई थान पंखा र कक्षा कोठाको लागि कारपेट वितरण गरिएकाे उहाँले बताउनु भयाे ।

त्यसैगरी मयुर आधारभुत विद्यालयललाई ५ थान व्हाइट बोर्ड र ५ थान पंखा प्रदान गरिएकाे वडा अध्यक्ष पाैडेले जानकारी दिनुभयाे ।

त्यस्तै वडा भित्रका दर्ता भएका ३ वटा युवा क्लबलाई फुटबल, भलिबल, नेट, क्रीकेट कीट सेट, ब्याडमिन्टन कक र ३० थान जर्सीलगायतकाे खेल सामाग्री वितरण गरिएकाे समेत उहाँले बताउनु भयाे ।

त्यस्तैगरी मगर जातिको पोशाक र बाजा संरक्षणका लागि कौडा नाचको पोशाक, मादल, गहना, खैजडी वितरण गरिएकाे वडा अध्यक्ष पाैडेलले जानकारी दिनुभयाे ।

त्यस्तै गुरुङ जातिको लागि पोसाक, ढ्याङ्रो, डमरू, मादल र ट्रलि स्पीकरलगायतका वस्तु प्रदान गरिएकाे उहाँले बताउनु भयाे ।

त्यसैगरी वडा भित्र रहेका सबै विद्यालयहरुलाई डस्ट्बिन वितरणसमेत वितरण गरिएकाे छ ।

वडा अध्यक्ष पाैडेलले अब छिट्टै पन्चे बाजा, नेवार समुदायको लागि लाखे नाँचको लागि सामान र थारु जातिको मयुर नाँचको लागि पोसाक, बाजा र अन्य सामग्री वितरण गरिने बताउनु भयाे ।

Facebook Comments Box

Share Icon