Share Icon

२९ माघ, काठमाडाैं ।   लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको साविकका बगनाह र नेउलापुर गा. वि. स. लाई समेटेर मिति २०७२ साल आश्विन ०२ मा बबई नगरपालिका स्थापना भएको र पछि शिवपुर र ठाकुरद्वारा गा. वि. स. लाई समेत समेटेर ठाकुरबाबा नगरपालिकाको स्थापना वि. सं. २०७३ साल फाल्गुण २७ मा भएको हो।

जिल्ला सदरमुकाम गुलरियाबाट २२ किलोमिटर उत्तर पश्चिममा अवस्थित यस नगरपालिका पूर्व(पश्चिम राजमार्ग तथा हुलाकी मार्गसँग जोडिएको छ। यस नगरपालिका अन्तर्गत पर्ने मुख्य बजार क्षेत्रहरु भुरिगाउँ, बगनाह, शाहीपुर, बकुवा तथा ठाकुरबाबा रहेका छन्।

नेपालको लुम्बिनी प्रदेश बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिका  वडा नम्बर ८ नम्बर वडामा स्थानिय तहको निर्वाचनमा बहुमत ल्याएर वडा अध्यक्षमा टेक बहादुर बडुवाल निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

सल्लाह–सुझावकै आधारमा जाँदा आउने बजेटको प्रभावकारी कार्यान्वयन गरेको छौं। जे होस् अरूभन्दा ८ नम्बर वडाले फरक काम गरेको र नमुना सन्देश वडाबाटै दिन खोजिएको अनुभूति सबैले गरेको वडा टेक बहादुर बडुवालले बताउनुभयो।

८ नम्बर वडामा नगरको अभियानलाई नै प्राथमिकतामा राखेर स्वास्थ्य, शिक्षा, कृषि तथा सिँचाइ र खानेपानीलाई जनताको सुझाव र आवश्यकता पहिचानका आधारमा विकास गर्दै लगिने वडा नम्बर ८ का अध्यक्ष टेक बहादुर बडुवालले बताउनुभयो।

वडा कार्यालयको कार्यभार अघि व्यवसाय तथा सहकारी संस्थामा आबद्ध रहनुभएका बडुवालले वडाको गतिबिधि निरन्तर अगाडि बढाई रहनुभएको छ।  स्थानियको समेत साथ र सहयोग पाएको वडा अध्यक्ष बडुवालले वताउनुभयो।

वडा ८ काे जम्मा  बजेट ५० लाख ५७ हजार वडाकाे बजेकाे शिर्षक मध्य  धेरै बजेट यस  क्षेत्रमा डुवान  बढि हुने भएकाेले यस वडाले क्यानल (नाला निर्माण) का लागी ९ लाख बजेट  बिनियाेजन गरेकाे वडा सचिव कृपाराम खनालले जानकारी दिनुभयाे ।

अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहानुहुन्छ ।

वडा नम्बर ८  प्रति पुर्ण आभारी छु । मलाई अमुल्य भोट दिएर वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ८ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु । जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon