नमुना वडा बनाउदै वडा अध्यक्ष गुरुङ
१२ माघ , काठमाडाैँ । गोरखा जिल्ला स्थित धार्चे गाउपालिका वडा नम्बर २ मा अहिले विकासले मुहार फेरेको छ । पछिल्लो समय वडा नम्बर २ मा वडाबासीहरुलाई लक्षित गर्दै योजना तथा कार्यक्रमहरु ल्याइएकाे छ । स्थानीय तहको निर्वाचपछि वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, कृषि, बाटो सडक, बिजुली बत्ति तथा भौतिक पुर्वाधार विकास निमार्णका योजना तथा कार्यक्रमहरुमा बजेट विनियोजन गरिएकाे वडा अध्यक्ष सरोज गुरुङले बताउनुभयो । उहाँले वडा खबरसँग कुरा गर्दै भन्नुभयो, 'वडामा योजनाहरु सबै पारित भइसकेको र अहिले कुनै पनि योजनाहरु सम्पन्न भएको छैन, ती योजनाहरु सम्पन्न गर्नको लागि हामी तीव्र गतिमा लागि परेका छौँ।' वडामा दुईवटा सामुदायिक भवनको निमार्ण…
