Share Icon

१२ माघ , काठमाडाैँ ।  गोरखा जिल्लाको धार्चे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष किसान गुरुङ स्थानिय तहको निर्वाचनमा भारीमत ल्याएर वडा अध्यक्षमा निर्वाचित वडा अध्यक्ष हुनुहुन्छ ।

उहाँले वडा खबर संग कुरा गर्दै भन्नुभयो, वडामा योजनाहरु सबै पारित भईसकेको र कुनै पनि योजनाहरु सम्पन्न भएको छैन ,उक्त योजनाहरु सम्पन्न गर्नको लागि हामी तीव्र गतिमा लागि परेका छौ ।

पछिल्लो समय वडा नम्बर ४ मा विकास निमार्णका कामहरु तीव्र गतिमा अगाडि बढाइएको छ । जनताको विकास र समृद्धिको लागि वडामा धेरै काम गरेको उहाँले बताउनुभयो । जनप्रतिनिधिले चाहेको खण्डमा वडामा काम गर्न कुनै कठिनाई नभएको वडा अध्यक्ष किसान गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, गोरेटो बाटो सडकको लागि बजेट विनियोजन गरेर काम सुचारु गर्ने तयारीमा रहेको छ । त्यसै गरी वडामा सार्वजनिक शौचालयको स्थापना गर्ने योजनामा राखेको वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, वडामा सरसफाईलाई ध्यान केन्द्रित गर्दै ढल निकासा गर्नको लागि सडक बाटोमा ढलको निमार्ण गरेको र साथसाथै वृक्षारोपणको कार्यक्रमहरु राखेको छौ । महिलाहरुको लागि सिपमुलक तालिम उद्योमशिल्ता तालिमको व्यवस्था गरेका छौ ।
उहाँले भन्नुभयो,यस वडामा नयाँ बस्तीहरुलाई व्यवस्थीत गर्न जोड दिदै पर्यटकीय सम्भावना रहेकोले होमस्टेको व्यवस्था गर्ने , बाटो सडकको स्तरउन्नति गर्दै, खानेपानिको क्षेत्रलाई विशेष जोड दिदै एक घर एक धारा पुराउने योजनामा राखेका छौ ।

विद्युतको क्षेत्रमा पनि विशेष पहल गर्दै केन्द्रिय सरकारसंग समन्वय गरेर पुर्ण रुपमा वडाको सबै ठाउँमा विद्युत पुराउने योजनामा रहेको छ ।

पहिले समाज सेवामा आबद्ध  रहेकाे र  विद्यालयमा व्यवस्थापन समितिमा नौ वर्ष काम गर्नुभएकोले वडामा रहेर काम गर्न  सहज भएकाे  वडा अध्यक्ष किसान गुरुङले बताउनुभयो । वडाको चौतर्फी विकास गर्नको लागि हामी सदैब लागि परेका छौ ।
पहिलो पटक वडा अध्यक्षमा निर्वाचित हुदाँ कस्तो अनुभुति भयो, भनेर साधेको प्रश्नमा उहाँको उत्तर,

मलाई वडाबासीहरुले विश्वास गररे वडा अध्यक्षमा जिताउनुभयो । जनताको मतबाट निर्वाचित हुदाँ निकै खुशि लाग्यो । जुन विश्वास जनताले मलाई गर्नुभएको छ ,त्यो विश्वासलाई म निराश हुन दिनेछैन । जनताको चाहाना अनुसार काम गरेर देखाउने अठोट मैले गरेको छु ।

अन्त्यमा वडा नम्बर ४ का स्थानिय वडाबासीहरु प्रति पुर्ण आभारी छु ।

मलाई अमुल्य भोट दिए््र वडा अध्यक्षमा जिताउनु हुने सम्पुर्ण वडा नम्बर ४ वडाबासीहरुलाई विशेष धन्यवाद दिन चाहान्छु ।
जसरी जनताले म प्रति विश्वास गर्नु भएको छ ,जनताको त्यो विश्वासलाई टुट्न दिनेछैन । वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु ।

Facebook Comments Box

Share Icon