समाज

बझाङमा फेरी भूकम्पकाे धक्का

बझाङमा फेरी भूकम्पकाे धक्का

२ कार्तिक, काठमाडौं । बझाङमा बुधबार राति फेरी भूकम्प गएको छ । बुधबार राति १० बजेर ३ मिनेट जाँदा ४ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको हाे। भूकम्पको धक्का बझाङका साथै बाजुरा, अछाम, डडेल्धुरा, बैतडी र दार्चुला लगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महसुस गरिएको छ । लगातार भूकम्प जान थालेपछि सुदूरपश्चिम प्रदेशमा त्रास छाएको छ । गत असोज १६ गतेपछि सुदूरपश्चिम प्रदेशमा लगातार पराकम्प आइरहेका छन् ।
Read More
अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि

अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक तेस्रो सातादेखि

२ कात्तिक,वीरगञ्ज। पर्साको वीरगञ्जमा यही कात्तिक १८ गतेदेखि मधेस प्रदेशकै सर्वाधिक पुरस्कार राशिको अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा ‘प्रथम वीरगञ्ज गोल्ड कप २०८०’ वीरगञ्जमा हुन लागेको हो । प्रतियोगिता कात्तिक २५ गतेसम्म चल्नेछ । प्रतियोगितामा नेपालका त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, आयोजक भेट्रान सिटी क्लब वीरगञ्ज, भारतको कोलकत्ताको क्लाइभ हाउस डमडम र दिल्लीको नर्थ जोन फुटबल टोलीको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष सविन बस्नेतले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार एक सय ११ र उपविजेताले रु पाँच लाख ५५ हजार पाँच…
Read More
डोजरको ठक्करबाट बृद्धको मृत्यु

डोजरको ठक्करबाट बृद्धको मृत्यु

२ कात्तिक,गुल्मी । गुल्मीमा डोजरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा रेसुङ्गा नगरपालिका–१४ का ९२ वर्षीय कृष्णबहादुर सुनार रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार लु१क ५०२४ नम्बरको डोजरले पैदल यात्रु सुनारलाई ठक्कर दिएको हो । रेसुङ्गा–१४ टारनेटा‐टापु जोड्ने मोटरबाटो मर्मत गर्ने क्रममा डोजरको ठक्करबाट बुधबार सुनार सख्त घाइते भएका थिए । उनको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो । प्रहरीले डोजर चालक पाल्पाको माथागडी गाउँपालिका–७ का कृष्णबहादुर लामिछानेलाई नियन्त्रणमा लिएको छ । सुनारको शव सदरमुकाम तम्घासस्थित अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
देशका केही भागमा दिउँसाे र राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

देशका केही भागमा दिउँसाे र राति मेघगर्जन-चट्याङ्गसहित वर्षाको सम्भावना

२ कार्तिक, काठमाडाैं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। बिहीबार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेकाे छ । साथै बाँकी भू-भागमा भने  मौसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे । बिहीबार दिउँसो भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ । त्यस्तै,  बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। बिहीबार राति भने देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा…
Read More
बडादशैंको पाँचौ दिन आज स्कन्द माताको पूजा आराधना गरिंदै

बडादशैंको पाँचौ दिन आज स्कन्द माताको पूजा आराधना गरिंदै

२ कार्तिक,काठमाडौं । बडादशैंको पाँचौं दिन बिहीबार देवी दुर्गाका विभिन्न स्वरुप मध्ये स्कन्द माताको पूजा आराधना गरिंदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा स्कन्दमाताका विषयमा विभिन्न कथा वणर्न गरिएको छ । पार्वतीको आज्ञालाई स्वीकार गरी सनतकुमारले पार्वतीबाट जन्म ग्रहण गरेकाले स्कन्दमाता नाम रहन गएको भन्ने कथा पाइन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ ।नवरात्रको पहिलो दिन असोज २८ गते दशैंघर वा पूजाकोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो । त्यही दिनदेखि दशैं शुरु भएको मान्न्छि । जसलाई नवरात्र…
Read More
काभ्रेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

काभ्रेमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, ८ घाइते

१ कार्तिक, काठमाडौं । पनौतीमा बुधबार इलेक्ट्रिक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा बुधबार भएको इलेक्ट्रिक गाडी दुर्घटनामा गाडीमा सवार रामेछाप मन्थली नगरपालिका-१२ की २० वर्षीय रमिला बुढाथोकीको मृत्यु भएको हो। गम्भीर घाइते रमिलाको ​उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । काठमाडौंबाट रामेछाप जाँदै गरेको इलेक्ट्रिक गाडीले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएपछि भाग्ने क्रममा सडकको नालीमा खसेको प्रहरीले बताएकाे छ । गाडीका चालक काभ्रेपलाञ्चोक पनौती नगरपालिका-५ का ४१ वर्षीय उपेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।    
Read More
बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

बागलुङका सहकारी पीडितलाई दसैँले छोएन

१ कात्तिक,गलकोट (बागलुङ)। दसैँको रमझमको समयमा सहकारीका बचत पीडित भने दैनिकजसो सडक आन्दोलनमा भेटिन्छन् । उनीहरुलाई दसैँको भन्दा बचतको पिरलो छ । बागलुङका इमेज बचत तथा ऋण सहकारी र शिव शिख बहुउद्देश्यी सहकारी संस्थाले बचत कर्ताको रू साँढे दुई अर्ब रकम उठाएर फरार भएपछि दसैँको समयमा बचत कर्ताको बिचल्ली भएको हो । इमेज सहकारीले रू डेढ अर्ब बचत उठाएर फरार भएपछि ढोरपाटन नगरपालिकाका नगर प्रमुख देवकुमार नेपालीविरुद्ध बचत पीडित राँके जुलुस तथा प्लेकार्डसहित सडकमा धर्ना बसिरहेका छन् । वडादसैँ सुरु भइसके पनि पीडितलाई दसैँले छुन नसकेको बचत पीडितहरुले बताएका छन् । उनीहरु दसैँ लागिसक्दा पनि सडकमै आन्दोलन गरिरहेका छन् ।…
Read More
नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए युएईका कप्तानका विकेट

नेपाललाई तेस्राे सफलता, गुल्सनले लिए युएईका कप्तानका विकेट

१ कार्तिक, काठमाडाैँ ।  त्रिकोणात्मक टी–२० सिरिजमा यूएईविरुद्ध नेपालले तेस्रो सफलता हात पारेको छ । मूलपानी क्रिकेट मैदानमा गुल्सन झाले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । ६.१ ओभरमा नेपालले तेस्रो सफलता हासिल गरेको हो । गुल्सनले युएईका कप्तान मोहम्मद वसीमलाई क्याच आउट गराए । यसअघि करण केसीले नेपाललाई दोस्रो सफलता दिलाएका थिए । आफ्नो व्यक्तिगत दोस्रो ओभरको पहिलो बलमै उनले युएईका अलिशान शराफुको विकेट लिए । पहिलो ओभरको अन्तिम बलमा सोमपाल कामीले विकेट लिँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए । सोमपालले पहिलो ओभरको अन्तिम बलमा यूएईका खालिद शाहलाई पेभिलियन फर्काएका हुन् । यूएईविरुद्धको खेलमा नेपाल श्याम ढकालले डेब्यु गरेका छन् ।…
Read More
चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

चाडपर्वमा कुनै पनि उपभोक्ताले गुनासो नगर्ने गरी काम गर्न प्राधिकरणलाई ऊर्जामन्त्रीको निर्देशन

१कात्तिक,काठमाडौँ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसँै तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उहाँले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो । “ कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्षदिनभर राम्रो काम गरेपनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यसकारण जिम्मेवार भएर २४…
Read More
स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै : अध्यक्ष श्रेष्ठ

स्रोत साधनले भ्याएसम्म वडाको समग्र क्षेत्रलाई समेटे्दै निरन्तर कामहरु अगाडि बढाईरहेका छाै : अध्यक्ष श्रेष्ठ

१कार्तिक,काठमाडाैँ।नेपालको मध्यभागमाअवस्थित प्रसिद्ध धार्मिक स्थल ईशानेश्वर माहादेवको काखमा रहेको यस मध्यनेपाल नगरपालिका लम्जुङ्गको १० ओटा गा. बि. स.९ जिता, तान्द्रङ टक्सार, सुर्यपाल, रम्घा, समिभञ्यङ, भोर्लेटार, इशानेश्वर, करापू, बाङ्ग्रे र नेटा लाई समेटेर २०७३ सालमा यस मध्यनेपाल नगरपालिकाको नामाकरण गरि घोषणा गरिएको हो। काठमाडौबाट १८० कि.मी पश्चिम तथा पोखराबाट ३२ कि.मी पूर्वमा अवस्थित यस मध्यनेपाल नगरपालिका गण्डकी प्रदेश अन्तर्गत लम्जुङ्ग जिल्लाको एक व्यापारीक केन्द्र भोर्लेटारमा पर्दछ। यो नगरपालिकालाई पूर्वमा सुन्दरबजार नगरपालिका, पश्चिममा कास्की जिल्ला र दक्षिणमा ब्यास नगरपालिकाले घेरिएको छ। ११३.८६ वर्ग कि.मी क्षेत्रफलमा फैलिएको यस नगरपालिकाको २०७८ सालको जनगणना अनुसार ६००२ घरधुरीमा गरिएको सर्वेक्षणमा ११,६०६ महिला र ९,७६७ पुरुष गरि…
Read More
Page 87 of 452
1 … 85 86 87 88 89 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.