समाज

नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क आँखा परीक्षण

नेपाल आँखा अस्पतालद्वारा नि:शुल्क आँखा परीक्षण

३०असोज,काठमाडौँ।नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले काठमाडौँ महागरपालिकासँगको सहकार्यमा महानगरपालिका र मातहतका जनप्रतिनिधि तथा वडा कार्यालयका चार सय २१ कर्मचारीको नेत्र परीक्षण गरेको छ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित दुईदिने निःशुल्क आँखा शिविरमा उहाँहरूको आँखा जाँच गरिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईँले जानकारी दिनुभयो । शिविरमा दुई सय जनालाई निःशुल्क पढ्न, लेख्न सहयोग हुने चश्मासमेत उपलब्ध गराइएको थियो । उहाँले आगामी दिनमा यस्ता नेत्र परीक्षण कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । ‘कार्यस्थलमा आँखालाई माया गरौँ’ भन्ने नाराका साथ यस वर्षको विश्व दृष्टि दिवसका अवसर पारेर अस्पतालले बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँगको सहकार्यका बालाजु औद्योगिक क्षेत्रमा आयोजित शिविरमा पनि एक सय ६६ जनाको…
Read More
तीन व्यक्तित्व सम्मानित

तीन व्यक्तित्व सम्मानित

३० असोज,काठमाडौँ । खेलकुद तथा समाजसेवामा योगदान दिनुभएका तीन जना व्यक्तित्व सम्मानित हुनुभएको छ । नेपाल टाइगर्सद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि चेम्बर अफ कमर्सका अध्यक्ष एवं युवा समाजसेवी रामनारायण घिमिरे, ५५औँ एसियाली शारीरिक सुगठनमा स्वर्ण पदक विजेता रजनी श्रेष्ठ र तेक्वान्दोका प्रशिक्षक श्याम थापामगर सम्मानित हुनुभएको हो । वेस्टर्न युनाइटेड क्लबका अध्यक्षसमेत रहनुभएका समाजसेवी घिमिरेले चन्द्रागिरि नगर क्षेत्रमा खेलकुद प्रवर्द्धनमा अतुलनीय योगदान पुर्याउँदै आउनुभएको छ । सांसद कृष्णगोपाल श्रेष्ठले उहाँहरूलाई सम्मान गर्नुहुँदै अगामी दिनमा खेलाडी र खेल क्षेत्रको प्रवर्द्धन गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने जानकारी दिनुभयो । सो अवसरमा युवाउद्यमी नयन लामिछानेले खेल र खेलाडीलाई सधैँ राजनीतिबाट अलग राखेर अगाडि बढ्नुपर्दछ…
Read More
सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी

सुरक्षित उपत्यका बनाउने अभियानमा प्रहरी

३० असोज, काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले सर्वसाधारणमा १० बुँदे अपिल जारी गर्दै सचेत हुन अनुरोध गरेको छ । चाडबाडका बेलामा सुरक्षा सतर्कता अपनाई आफू, आफ्नो परिवार, छिमेक, समाज र समग्र काठमाडौँ उपत्यकालाई सुरक्षित उपत्यका बनाउने अभियानमा हातेमालो गर्न पनि प्रहरीले सबैमा आग्रह गरेको छ । कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले सर्वसाधारणमा सचेतना र चनाखो हुनका लागि अपिल जारी गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीले बाटोमा हिँड्दा वा अन्य ठाउँमा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान अनुरोध गरिएको छ । जारी अपिलमा नगद, बहुमूल्य सामान, गरगहना र महँगा मोबाइल फोनसहित भीडभाडमा सकेसम्म नजान, घर तथा पसल बाहिर…
Read More
 विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्डबीच आज प्रतिस्पर्धा हुँदै

 विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र नेदरल्याण्डबीच आज प्रतिस्पर्धा हुँदै

  ३० असाेज, काठमाडौं । भारतमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा मंगलबार नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुने भएकाे छ। साेही खेल हिमाञ्चल प्रदेशको धर्मशालामा मंगलबार दिउँसो सवाँ २ बजे सुरु हुने भएकाे हाे । जारी विश्वकपमा नेदरल्याण्ड्स पहिलो जितको खोजीमा छ भने दक्षिण अफ्रिका दोस्रो जितको खोजीमा छ । यसअघि साेमबार भएको खेलमा श्रीलंकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले पहिलो जित हात पारेको थियो । जितको लागि २ सय १० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ३५ ओभर २ बलमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गरेको थियो । लिग चरणको चाथो खेलमा अष्ट्रेलियाले शुक्रबार पाकिस्तानसँग खेल्ने भएकाे छ । लगातार…
Read More
देशका केही भागमा आज वर्षाकाे सम्भावना

देशका केही भागमा आज वर्षाकाे सम्भावना

३० असाेज, काठमाडाैं । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। मंगलबार बिहान देशभर आंशिकदेखि  सामान्य बदली रहेकाे छ। साथै  बागमती प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चटयाङसहित हल्कादेखि मध्यम वर्षा भैरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। मंगलबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुनेछ। त्यस्तै, कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भाग र तराईका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार राति  भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुने भएकाे छ। त्यस्तै,  बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। साथै देशका पहाडी भू-भागका…
Read More
सरकारले गैर-आवसीय नेपालीलाई आजदेखि नागरिकता वितरण गर्ने

सरकारले गैर-आवसीय नेपालीलाई आजदेखि नागरिकता वितरण गर्ने

३० असाेज, काठमाडौं । सरकारले आजदेखि गैर-आवासीय नेपालीहरुलाई नागरिकता वितरणकाे काम सुरू गर्ने भएको छ । मंगलबार एनआरएनको सम्मेलन उद्घाट्नको दिन पारेर सरकारले गैर-आवासीय नेपाली नागरिकता वितरण सुरू गर्न लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले एनआरएनएका अध्यक्ष कुल आचार्यलाई पहिलो नागरिकता दिएर गैर-आवासीय नागरिकता वितरणको सुरुवात गर्नुहुने छ । गत जेठमा संशोधन गरिएको नागरिकता सम्बन्धी ऐनअनुसार सरकारले नियमावली स्वीकृत गरेपछि गैरआवासीय नागरिकता वितरणको बाटो खुलेको हो । नागरिकता लिएपछि एनआरएनहरुले ईश्वर, देश र जनताको नाममा शपथ लिनुपर्ने छ । संशोधित ऐनको दफा ७ (क) मा नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिलाई तोकिए बमोजिम शपथ गराउनु पर्ने उल्लेख गरिएकाे छ ।
Read More
बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै

बडादशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरी मनाइँदै

३० असाेज,काठमाडौं । बडादशैंको मंगलबार तेस्रो दिन, माता दुर्गाको तेस्रो शक्तिस्वरुप चन्द्रघण्टा देवीको पूजाआराधना गरी मनाईँदैछ । यी देवीको १० वटा हात र १० हातमा खड्ग, वाण आदि शस्त्र,अस्त्र हुने विश्वास गरिन्छ । उनको टाउकोमा घण्टाको आकारको अर्धचन्द्र छ, यही कारणले गर्दा यीनीलाई चन्द्रघण्टा देवी भनेर चिनिएको हो । माता दुर्गाका नौवटा रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । घटस्थापनाका दिनदेखि बडादशैं शुरु हुन्छ । घटस्थापनादेखि नवमीको दिनसम्मलाई नवरात्र पनि भन्ने गरिएको छ । घटस्थापना गरेसँगै नवदुर्गाका नौवटा रूपहरूको पूजा गर्ने परम्परा रहेकाे छ । नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ…
Read More
मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिनुहुने

मुख्यमन्त्री कार्कीले कात्तिक १ गते विश्वासको मत लिनुहुने

२९ असोज,विराटनगर । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आगामी कात्तिक १ गते बुधबार विश्वासको मत लिनुहुनेभएको छ । संविधानको धारा १६८ को उपधारा (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव दर्ता गराउनुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कार्कीले असोज २७ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुभएको थियो ।
Read More
बजारमा किनमेल गर्ने ग्राहकको भीड

बजारमा किनमेल गर्ने ग्राहकको भीड

२९ असाेज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यकाका मुख्य बजारमा दशैंको लागि किनमेल गर्ने ग्राहकहरुको भीड लागेको छ । काठमाडौंको असन, न्युरोड र भोटाहिटी लगायतका क्षेत्रका बजारमा सामान किन्‍ने ग्राहकहरुको भीड लागेको छ । विगतको वर्षहरुको जस्तो यो वर्ष आर्थिक मन्दीको कारण व्यापारको लागि उत्साह नदेखिएको व्यापारीहरुले बताएका छन् । तर, दशैंको लागेसँगै बजारमा ग्राहकको भीडभाड बढ्दा व्यापारीहरुलाई केही राहत मिल्ने आशा जगाएको उनीहरुको भनाई छ । व्यपारीहरुले बजारमा आर्थिक मन्दीको कारण ग्राहकहरुको क्रय शक्ति कदमै कमजोर रहेको देखिएको व्यवसायीहरुले बताए । उनीहरुले दशैं लागेसँगै व्यापार बढेको थालेको पनि बताए । उनीहरुले अझ सरकारी छुट्टी भएपछि ग्राहकहरु बढ्ने आशामा व्यवसायीहरु…
Read More
वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : वडा अध्यक्ष गुरूङ

वडाको चौतर्फी विकासको लागि वडामा म सदैब लागि परिरहने छु : वडा अध्यक्ष गुरूङ

२९ असाेज, काठमाडाैँ । विं. सं. २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा भएको पोखरा महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि.मि. रहेको छ भने कुल जनसङ्ख्या ५,१३,५०४ ९राष्ट्रिय जनगणना २०७८ संक्षिप्त नतिजा० छ । महानगरपालिकाको केन्द्र साबिक पोखरा उप(महानगरपालिका कार्यालय नै रहनेछ । पोखरा महानगरपालिका, पोखरा उप(महानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमानी ९३,९ ०, कास्कीकोट माझठाना ९ १,४,९ ० कालिका ९ १,५ ० र पुरन्चौर गा. बि.स. मिली कुल ३३ वटा वडामा विभाजित छ । पोखरा महानगरपालिकाको पूर्वी सिमानामा मादी र रुपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका पर्वत र स्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे र मादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जा…
Read More
Page 89 of 452
1 … 87 88 89 90 91 … 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.