बारा बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १६ पुग्यो
बारा । बारामा आज बिहान बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा मात्रै १२ जनाको मृत्यु भएको छ । चुरेहिल अस्पतालमा २ जना, मकवानपुर सहकारी अस्पतालमा एक र चितवनमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा २० बढी जना घाइते भएका छन् । घाइते दुई जनाको अवस्था गम्भीर छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको छ । नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको बा.प्र ०६-००१ ख ०११० नम्बरको बस आज बिहान जितपुर सिमरा–२२ मा पर्ने तीन नम्बर पुल नजिक दुर्घटना भएको थियो । प्रारम्भिक निरिक्षणमा गाडी…
