समाज

कैलालीसहित पश्चिम तराईमा शीतलहर

कैलालीसहित पश्चिम तराईमा शीतलहर

२८ मङ्सिर, लम्की (कैलाली)। कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतका ठाउँमा बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरका कारण स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । सडकमा गाडी र व्यक्तिको आवतजावत पातलिएको छ । बिहानी कक्षा सञ्चालन हुने क्याम्पस र विद्यालयमा पठनपाठन प्रभावित बनेको छ । लम्की बहुमुखी क्याम्पसमा विविएस चौथो वर्षमा अध्ययनरत दुर्गा न्यौपाने जाडोका कारण पढ्न जान नसकेको बताउनुहुन्छ । यस्तै व्यवस्थित नगरकी निर्मला विनाडी किसान बहुउद्देशीय सहकारीमा काम गर्नुहुन्छ । उहाँ सधैँ बिहान घरबाट लम्की हुँदै बौनियासम्म स्कुटर चलाएर जाने गरेपनि आज भने काममा जान नसकेको बताउनुहुन्छ । बाक्लो…
Read More
काभ्रे बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु

काभ्रे बस दुर्घटना हुँदा १७ जनाकाे मृत्यु

काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ । ज्यान गुमाउनेहरुको परिचय खुलिसकेको छैन । काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो । बसमा सवार कति थिए भन्ने यकिन नभएको पाण्डेको भनाइ छ । दुर्घटनाको कारण पनि खुलेको छैन । घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको…
Read More
जीप दुर्घटना अपडेट: एकै वडाका आठसहित १२ को मृत्यु

जीप दुर्घटना अपडेट: एकै वडाका आठसहित १२ को मृत्यु

 २७ मङ्सिर, जाजरकोट । यहाँको छेडागाड नगरपालिकामा बोलेरो जिप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका–५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ । त्यस्तै घाइते जैभान अधिकारीको उपचारका क्रम्मा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोट प्रहरी नायब उपरीक्षक…
Read More
वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’

वैदेशिक रोजगारीबाट फर्किएका भन्छन्– ‘महिलालाई धेरै कष्ट छ’

२७ मङ्सिर, बनियानी । “रोजगारीको सिलसिलामा म करिब अढाइ वर्ष कुवेत बसेँ, मैले त्यहाँ त्यस्तो समस्या भोग्नु परेन, तर धेरै जना दिदीबहिनीले धेरै कष्ट भोगिरहेको देखेँ÷पाएँ”, यो अनुभव हो, वैदेशिक रोजगारीको सिलसिलामा कुवेत पुगेर फर्किनुभएकी कुमारी चेम्जोङको । राष्ट्रिय महिला आयोगले सोमबार भद्रपुरमा आयोजना गरेको वैदेशिक रोजगारीमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चितताका विषयमा सरोकारावालासँग सार्वजनिक सुनुवाइमा उहाँले आफ्नो कुवेत बसाइँको अनुभव सुनाउनुभयो । उहाँले घरेलु कामदारका रुपमा अवैध बाटोबाट कुवेत पुग्ने महिलाले धेरै मानसिक र शारीरिक पीडा सहन बाध्य रहेको बताउनुभयो । “सीप नभए पनि घरेलु कामदारका रूपमा विदेश गएर महिलाले घरपरिवार चलाएका छन्”, उहाँले भन्नुभयो, “घरेलु कामदारलाई…
Read More
जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

जाजरकोटमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु

जाजरकोट । जाजरकोटमा जिप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ भने एकजना गम्भीर घाइते छन् । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटी भन्ने ठाँउमा कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको बलेरो जिप दुर्घटना भएको हो। मृत्यु हुनेमा जीप चालक दैलेखको भगवतीमाई गाउँपालिका–२ का मानबहादुर रावत, छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का रहेका छन् । यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा ज्यान गएको छ । यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको…
Read More
तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

तीव्र गतिमा वडाको चौतर्फी विकास गर्दै वडा अध्यक्ष थारु

२५ मंसिर, काठमाडौं । राजापुर वडा नम्बर ३ मा अहिले विकासले मुहार फेरिएको छ । जनप्रतिनिधिले चाहेको खण्डमा वडाको विकास गर्न कुनै कठिनाइ हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन अध्यक्ष प्रसादु थारु । २०७९ सालको निर्वाचनमा बहुमत प्राप्त गरि जनताले रुचाएका एक अब्बल अध्यक्ष हुन प्रसादु थारु उहाँ जनमाझ यसरी भिझनु भएको छ कि जनताका हरेक दु.ख , सुख सहजै बझ्ने र समाधान गर्न हरदम लागी नै रहनु भएको छ ।  हेर्दा सामान्य देखिएता पनि उहाँ एकदमै गम्भिर र हरेक समस्या सहजै समाधान गर्न सक्ने एक अब्बल कुटनितिक र चतुर वडा अध्यक्ष हुनहुन्छ । उहाँलाई वडा नम्बर ३ का युवाहरुको…
Read More
पत्रकारलाई उपचारमा छुट

पत्रकारलाई उपचारमा छुट

२२ मङ्सिर, काठमाडौँ।  नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र ललितपुर महानगरपालिका–१० कुपण्डोलस्थित प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकबीच स्वास्थ्योपचारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । महासङ्घका तर्फबाट प्रतिष्ठान प्रदेशका अध्यक्ष बालकृष्ण अधिकारी र क्लिनिकका तर्फबाट प्रबन्ध निर्देशक डा कजन रानाभाटले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । एक वर्षका लागि भएको सम्झौता २० मङ्सिर २०७९ देखि लागू भइसकेको छ । सम्झौताअनुसार प्यासिफिक मल्टिस्पेसालिटी क्लिनिकले नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान प्रदेश र सबै प्रतिष्ठान शाखामा आबद्ध एक हजार चार ६७ पत्रकारलाई परिचयपत्रका आधारमा बहिरङ्ग सेवामा ५०, प्रयोगशाला परीक्षणमा ४० र औषधि खरिदमा १० प्रतिशत छुट उपलब्ध गराउनेछ । पत्रकारको विवरण प्रदेश समितिले क्लिनिकलाई उपलब्ध गराउनेछ । प्रतिष्ठान आबद्ध…
Read More
आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण

आठ कम्पनीलाई खरिद अनुगमन कार्यालयको स्पष्टीकरण

२१ मङ्सिर, काठमाडौं ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले आठ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । ठेक्का सम्झौताअनुसार काम नगर्ने ती कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने कुनै कारण भए सात दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न भनिएको हो । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार हेटौँडा उपमहानगरपालिका–११ मकवानपुरको गुण निर्माण सेवा, काठमाडौँको सिरुवा–कविर–सुनकोसी जेभी, पर्सा जानकीटोल–४ को मुस्कान सप्लायर्स, बानेश्वर–१० को अनुष्ठान कन्स्ट्रक्सन, तीनकुनेको सिरुवा कन्स्ट्रक्सन कम्पनी प्रालि, वीरगञ्जको दिल्ली ट्रेडिङ र चितवनको जयगढी माई निर्माण कन्स्ट्रक्सनलाई स्पष्टीकरण पेस गर्न भनिएको छ । यी निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्नका लागि विभिन्न निकायबाट खरिद अनुगमन कार्यालयलाई पत्राचार गरिएको थियो ।…
Read More
वडा कार्यालयद्वारा स्वास्थ्य चौकीलाई कम्प्युटर हस्तान्तरण

वडा कार्यालयद्वारा स्वास्थ्य चौकीलाई कम्प्युटर हस्तान्तरण

२२ मंसिर, काठमाडाैं ।  बर्दियाको राजापुर वडा नम्बर ६ को कार्यालयले स्वस्थ्य चौकीलाई निःशुल्क एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । बुधबार वडाध्यक्ष अशराज न्यापौपानेले स्वस्थ्य चौकी मानपुर टपरालाई एक थान कम्प्युटर हस्तान्तरण गर्नु भएको हो । स्वास्थ्य चौकीमा कम्प्युटरको अभावमा काम गर्न गाह्रो भइरहेको अवस्थामा वडा कार्यालयले कम्प्युटर हस्तान्तरण गरेको हो । वडा खबरसँग कुरा गर्दै वडा अध्यक्ष न्यौपानेले प्रदान गरिएको कम्प्युटरले स्वास्थ्य चौकीमा काम गर्न सजिलो हुने बताउनु भयो । कम्प्युटर हस्तान्तरण कार्यक्रममा वडा कार्यालय र स्वास्थ्य चौकीका कर्मचारीहरू उपस्थित रहेका थिए ।      
Read More
मकवानपुरको भीमफेदीमा महोत्सव हुँदै

मकवानपुरको भीमफेदीमा महोत्सव हुँदै

२० मङ्सिर , बागमती ।  ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धन र प्रचारप्रसार उद्देश्यले मकवानपुरको भीमफेदी गाउँपालिकामा प्रथम पटक भीमफेदी–हेटौँडा–सामरी महोत्सव मेला हुने भएको छ । ओमशक्ति मारुती इभेन्ट म्यानेजमेन्ट प्रालिद्वारा आज हेटौँडामा आयोजित पत्रकार सम्मेलमा सो महोत्सव तयारीबारे जानकारी गराइएको छ । यही मङ्सिर २९ गतेदेखि पुस १० गतेसम्म भीमफेदी वडा नं १ को खोप्लाङमा महोत्सव मेला आयोजना हुने बताइएको छ । सो महोत्सवमा स्थनीय व्यापार व्यवसाय, हस्तकला, उत्पादित सामग्रीको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन हुने विश्वासले सो महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । प्रालिका अध्यक्ष अजित राईले उक्त महोत्सवमा दुई सय व्यापारिक कक्ष रहने बताउँदै महोत्सवमा राष्ट्रिय कलाकार धीरज राई, बद्री…
Read More
Page 450 of 452
1 … 448 449 450 451 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.