समाज

एसईई परीक्षा चैतमा र कक्षा १२ को वैशाखमा सञ्चालन हुने

एसईई परीक्षा चैतमा र कक्षा १२ को वैशाखमा सञ्चालन हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतमा र कक्षा १२ को परीक्षा वैशाखमा सञ्चालन गर्ने भएको छ । परीक्षा बोर्डका अनुसार एसईईको परीक्षा चैतको दोस्रो सातादेखि हुनेछ । साथै असार तेस्रो साता एसईईको नतिजा सार्वजनिक गर्ने योजना बोर्डले गरेको छ। यस्तै बोर्डको कार्यतालिका अनुसार वैशाख दोस्रो सातादेखि कक्षा १२ को परीक्षा सञ्चालन हुने भएको छ । कक्षा ११ को वार्षिक परीक्षा भने विद्यालयहरुले वैशाख अन्तिम सातादेखि सुरु गर्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डले कक्षा १० र कक्षा ११–१२ को छुट्टाछुट्टै कार्यतालिका बनाएको हो । कार्यतालिकामा विद्यार्थीले परीक्षा आवेदन फाराम भर्ने देखि परीक्षा संचालन र नतिजा प्रकाशनको समय तोकिएको…
Read More
देशभर मौसम सफा, यी दुई प्रदेशमा वर्षाको सम्भावना

देशभर मौसम सफा, यी दुई प्रदेशमा वर्षाको सम्भावना

काठमाडाैँ । अहिले देशको पश्चिमी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
Read More
आजको मौसम : कर्णाली र सुदूरपश्चिममा सामान्य वर्षा हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिममा सामान्य वर्षा हुने

काठमाडौं । नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ। मौसम पूर्वानुमान महाशाखाले आइतवार एक बुलेटिन जारी गर्दै नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको हो । यद्यपी हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । आइतवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।
Read More
निर्वाचनको मुखमा प्रहरीमा चार एआईजी पद रिक्त , ३० वर्षे हटाउन बिचौलिया समूह सक्रिय

निर्वाचनको मुखमा प्रहरीमा चार एआईजी पद रिक्त , ३० वर्षे हटाउन बिचौलिया समूह सक्रिय

काठमाडौं। निर्वाचनको मुखमा नेपाल प्रहरीमा चार एआईजी पद रिक्त हुने भएपछि सरकारले बढुवा प्रक्रिया थाल्ने तयारी गरेको छ। एआईजीको ५६ वर्षे उमेरहदका कारण रबिन्द्र धानुक र अरुण बिसीले कात्तिक अन्तिममा अनिवार्य अवकाश पाउँदैछन्। भदौमा एआईजी मुकुन्दराज आचार्यले अबकाश पाइसकेका छन् भने यसअघि एआइजी विश्वराज पोखरेलले अवकाश पाएको पद रिक्त छ । निर्वाचन आयोगले आचारसंहिता लागू गरिसकेका कारण सरकारले चार एआईजी नियुक्त गर्न पाउने कि नपाउने भन्ने प्रश्न छ। तर, विशेष कारण देखाउँदै सरकारले निर्वाचन आयोगसँग सहमति लिएको खण्डमा भने बढुवा हुन सक्ने गृह मन्त्रालयका एक उच्च अधिकारी वताउँछन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सरकार निर्वाचनअघि नै चार एआईजी नियुक्तिको पक्षमा रहे पनि…
Read More
सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही । सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुवै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।
Read More
वर्षाका कारण दाङको जनजीवन प्रभावित, प्रहरी चौकी डुबानमा

वर्षाका कारण दाङको जनजीवन प्रभावित, प्रहरी चौकी डुबानमा

दाङ । अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रमा वस्ती जलमग्न भएका छन् भने ठाउँ-ठाउँमा सडक अवरुद्ध भएका छन् । देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका वस्ती जलमग्न बनेको छ । सिसहनियामा दोलई खोलाको बाढी पसेर इलाका प्रहरी कार्यालय पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालयमा ३-४ फिटसम्म पानी जमेको छ ।
Read More
बारा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो

बारा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो

बारा । बारामा बिहीबार बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । दुर्घटनामा गम्भीर घाइतेमध्ये थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको हो । उपचारका क्रममा बिहीबार राती मृत्यु हुनेमा पर्सा सखुवाप्रसौनी गाउँपालिका ६ लखनपुरका ५५ वर्षीय गया राउत कम्कर र वीरगन्ज महानगरपालिका १६ नगवाकी ६० वर्षीय मालतदेवी चौरसिया रहेका छन् । कम्करको हेटौडा अस्पताल र चौरसियाको नारायणी अस्पताल वीरगन्जमा मृत्यु भएको बाराका प्रहरीले जनाएको छ । यसअघि दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका २२ का २८ वर्षीय सुरेश विक, कलैया उपमहानगरपालिका २ बस्ने ४१ वर्षीय लिलाराज चौधरी, कलैया उपमहानगरपालिका १०…
Read More
अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

अमेरिकामा रहेका नेपालीले यसरी मनाए दसैँ

वाशिङ्गटन डिसी । अमेरिकामा स्थायी बसोबास गर्दै आएका नेपालीले आफ्नो परम्परा र संस्कृतिको जगेर्ना गर्दै निकै रमाइलो वातावरणमा वडादसैँ मनाएका छन् । अमेरिकाका कैयौँ राज्यमा छरिएर बसोबास गर्दै आएका नेपालीले विजया दशमी २०७९ का अवसरमा बुधबार आफ्ना मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर दसैँ मनाएका हुन् । नेपालीले कतै आआफ्ना घरबस्तीमा त कतै मन्दिर या सार्वजनिकस्थलमा जम्मा भएर सामूहिकरुपमा दसैँ पर्व मनाएका हुन् । अमेरिकी जीवनशैलीमा व्यस्त भएर आफ्नो जीवनयापन चलाइरहेका नेपालीले विभिन्न राज्यमा स्थापित मन्दिरमा पुगेरै टीका ग्रहण गरेका तस्वीर पनि सामाजिक सञ्जालमा राखेका छन् । नेपालीको उपस्थिति बाक्लो रहेका टेक्सस, न्यूयोर्क, मेरिल्याण्ड, क्यालिफोर्निया, भर्जिनियालगायतका क्षेत्रमा नौरथा सुरु…
Read More
राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन । अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी र पाझा गाउँका तीन सयभन्दा बढी घर डुबानमा परेका छन् । बाढी घरभित्र पसेपछि अन्नपात कपडा लत्ता भिजेर क्षति भएको स्थानीय गणेश गुप्ताले बताउनुभयो । राप्ती नदी र खोलाको बीचमा रहेका ती गाउँका स्थानीयहरु त्रसित भएका छन् । घरभित्र पानी पसेपछि यहाँका स्थानीय गाउँपालिकाले निर्माण गरेको आश्रयस्थलमा आश्रय लिएर बसेका छन् । अत्यावश्यक सामाग्री लिएर स्थानीयहरु आश्रयस्थलमा बसिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले…
Read More
लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण

काठमाडौं । काठमाडौंबाट लुक्ला उडेका दुई हेलिकप्टर काभ्रेको पाँचखालमा आकस्मिक अवतरण गरेका छन् । मौसम प्रतिकुल बनेपछि कैलास एयरको एक र सिम्रिक एयरको एक हेलिकप्टर काभ्रेमा आकस्मिक अवतरण गर्नु परेको हो । मौसममा सुधार भएपछि दुवै हेलिकप्टर गन्तव्यतर्फ प्रस्थान गर्ने छन् । काठमाडौंमा बिहानैबाट ठूलो वर्षा भइरहेको छ । यसले नियमित हवाई उडान समेत प्रभावित बनेको छ ।
Read More
Page 451 of 452
1 … 449 450 451 452
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.