Share Icon

काठमाडौं । नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतवार एक बुलेटिन जारी गर्दै नेपालको अधिकांश स्थानबाट यस वर्षको मनसुन बाहिरिएको जनाएको हो ।

यद्यपी हाल नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

आइतवार बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिमका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ ।

Facebook Comments Box

Share Icon