वर्षाका कारण दाङको जनजीवन प्रभावित, प्रहरी चौकी डुबानमा

Share Icon

दाङ । अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ ।

देउखुरी क्षेत्रमा वस्ती जलमग्न भएका छन् भने ठाउँ-ठाउँमा सडक अवरुद्ध भएका छन् ।

देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका वस्ती जलमग्न बनेको छ ।

सिसहनियामा दोलई खोलाको बाढी पसेर इलाका प्रहरी कार्यालय पनि डुबानमा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रहरीका अनुसार इलाका प्रहरी कार्यालयमा ३-४ फिटसम्म पानी जमेको छ ।

Facebook Comments Box

Share Icon
By वडा खबर सम्वाददाता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.