Share Icon

काठमाडौं । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य गंगा दाहालले गठबन्धन भत्काउने षड्यन्त्र भइरहेको बताएकी छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत् उनले गठबन्धन भत्काएर देशलाई फेरि प्रतिगमनतर्फ लैजाने दिवास्वप्न देखिरहेको बताएकी हुन् ।

उनले प्रतिगमनकारी शक्तिहरूले सीट बाँडफाँटमा कुरा नमिलेर गठबन्धन भत्काउने षडयन्त्र गरिरहेको बताएकी छन् ।

गठबन्धन कुनै राजनीतिक लाभहानी भन्दा पनि प्रतिगमनविरुद्ध संविधानको रक्षा र अग्रगमनका पक्षमाबनेको भन्दै गणतन्त्र संस्थागत नहुँदासम्म र प्रतिगमन पुरै परास्त नहुँदासम्म निरन्तर कायम रहोस भन्ने आफूहरूको चाहना भएको उनको भनाइ छ ।

Facebook Comments Box

Share Icon