पर्यटकको आकर्षणको केन्द्र महावै पाटन
९ पाैष, मान्म । कालीकोट र दैलेखको सिमाना रहेको महावै पाटन हिउँद या वर्षायाममा मनोमोहक रहने गरेको छ । चारैतिर अग्लाअग्ला लेक र धार्मिकरुपमा पवित्र मानिने महावै पाटन आन्तरिक पर्यटकका लागि आकर्षणको केन्द्र हो । महावै पाटनमा हिउँदमा हिउँ र वर्षायाममा हरियाली रहने भएकाले आन्तरिक पर्यटकका लागि आक्रषर्णको केन्द्रका रुपमा रहेको छ । कालीकोट र दैलेखको सिमाना पर्ने भएकाले अहिले दुवै जिल्लाले महावै पाटन पर्यटनका लागि सडक निर्माण गरेर प्रचारप्रसार गर्न थालेका छन् । कालीकोट र दैलेखसँग जोडिएको महावै पाटनका नामबाट दैलेखमा महावु गाउँपालिका तथा कालीकोटमा महावै गाउँपालिका नामकरण गरिएको छ । पाटनको बीचमा रहेको ढुङ्गामाथि शिवको मन्दिर रहेको छ…
