नयाँ नोट साट्ने सुविधा आज पनि
काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधालाई आज पनि निरन्तरता दिदैछ गत सोमबारदेखि राष्ट्रबैकले नयाँ नोट सटही गर्न शुरु गरेको हो । राष्ट्र बैंकले हरेक वर्ष दशैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा दिने गरेको छ । नयाँ नोट सटही सुविधा आगामी शुक्रवार अर्थात कार्तिक ३ गते सम्म रहने राष्ट्र बैंकले जनाएको छ । नयाँ नोट सटही गर्दा प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँसम्म पाउने व्यवस्था राष्ट्रबैंकले गरेको छ । नयाँ नोटका लागि काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्रबैक अन्तर्गतको मुद्रा ब्ववस्थापन विभाग, राष्ट्रिय वाणिज्य बैंक र वाणिज्य बैंकहरुले तोकेको शाखाबाट सटही भइरहेको छ । काठमाडौँ उपत्यका बाहिरको हकमा…
