Share Icon

१ कार्तिक, काठमाडौं । भारतमा जारी एक दिवसीय आइसीसी विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेकाे छ।

भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा मंगलबार राति अबेर सम्पन्न खेलमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले पराजित गरेकाे हाे । नेदरल्याण्ड्सले प्रस्तुत गरेको २ सय ४६ रनको लक्ष्य सहित मैदान उत्रिएको साउथ अफ्रिका २ सय ७ रनमा अलआउट भएकाे हाे ।

सुरूवाती ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित ४३ ओभरको खेलमा ८ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

Facebook Comments Box

Share Icon