Share Icon

८ जेठ, लुम्बिनी । देशभरका उद्यान९पार्क०को बुटवलमा सम्पन्न पहिलो राष्ट्रिय सम्मेलनले राष्ट्रिय उद्यान महासङ्घ गठन गरेको छ । महासङ्घको नेतृत्वमा राष्ट्रिय सम्मेलन आयोजक प्रमुख दुई संस्थाका अध्यक्ष नै क्रमशः अध्यक्ष र महासचिवमा चयन भएका छन् । अध्यक्षमा आयोजक संस्था बुटवलस्थित मणिमुकुन्दसेन उद्यान परिषद्का अध्यक्ष खेमप्रसाद लुइँटेल र महासचिवमा अर्का आयोजक संस्था शङ्करनगर वन विहार तथा अनुसन्धान केन्द्र ९वनबाटिका० का अध्यक्ष बेलप्रसाद शर्मा सर्वसम्मत चयन हुनुभएको हो ।

नेपालमा पहिलोपटक आयोजना भएको उक्त सम्मेलनले महासङ्घको उपाध्यक्षद्वयमा रघुनाथ खुलाल ९मकवानपुर० र मिना श्रेष्ठ ९रुपन्देही०लाई चयन गरेको छ ।सचिवमा लक्ष्मीप्रसाद खनाल ९सुनसरी० र कोेषाध्यक्षमा सुनिता शर्मा ९पाल्पा० चयन हुनुभएको छ भने सदस्यहरुमा विष्णुमाया आचार्य, टङ्क बराल, अमरबहादुर कार्की, हिमालकुमार श्रेष्ठ, दिलकुमार गिरी, हरिकला कुमाल, शान्ता खनाल र हेमबहादुर बम चयन हुनुभएको छ ।

सम्मेलनमा सातै प्रदेशबाट करिब ४० जिल्लाका एक सय ५० उद्यानबाट प्रतिनिधित्व भएको सम्मेलनका सदस्य सचिव अनन्त सिलवालले बताउनुभयो । यही जेठ ६ र ७ गते बुटवलमा उक्त सम्मेलन आयोजना गरिएको थियो ।

Facebook Comments Box

Share Icon